ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

रोटरी क्लवले ग-यो ट्रष्टको उदघाटन

२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

बुटवल, २७ जेठ ।

रोटरी क्लव अफ बुटवलले आफ्नो सामाजिक भवनमा निर्माण गरेको ट्रष्टको शनिबार उदघाटन गरिएको छ । क्लवको १४ सय ६५ औं बैठकको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ट्रष्टको उदघाटन गरेका हुन् । बुटवल उपमहानगरपालिकाको ७ लाख रुपियाँ बजेट सहयोगमा क्लवले ट्रष्ट निर्माण गरेको हो ।

त्यस अवसरमा बोल्दै उनले रोटरीको पहिचान सरसफाई र हरियालीबाट हुनुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाले सरसफाई र हरियाली प्रवद्र्धनलाई प्रमुखताका साथ अगाडि बढाउन खोजेको र यसका लागि रोटरी जस्ता सबै सामाजिक संघसंस्थाहरुले आ–आफ्नो क्षेत्रबाट अगुवाई गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले बुटवलले अर्को वर्ष सडक सौन्दर्यीकरणको कार्यक्रमलाई अघि बढाउने जानकारी दिंदै निर्माणाधीन सडक निर्माणको काम सकिएपछि बुटवललाई सरसफाई र हरियाली प्रवद्र्धनमा नमूनाबनाइने बताए । उज्यालो बुटवलप्रति आगामी बजेट लक्षित हुने जानकारी दिंदै उनले राजमार्गमा ८ वटा ट्राफिक लाईट राख्ने योजना सुनाए । उनले बुटवलको जितगढीमा नेपाली सेनाको समेत स्वीकृतीमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी पनि दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले आफ्नो वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिं उक्त स्वास्थ्य केन्द्रमा ल्याव सञ्चालनका लागि सहकार्य गर्न रोटरी क्लव अफ बुटवलसँग प्रस्ताव गरे ।

क्लवका अध्यक्ष बोनिन पियाले क्लवले शिक्षा, स्वास्थ्य, सरसफाई, हरियाली प्रवद्र्धनलगायतका कार्यक्रममा बिगतदेखि नै जोड दिंदै आएको र ठाउँठाउँमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै बुटवल उपमहानगरसँग समन्वय र सहकार्य गरी अघि बढ्न क्लव तयार रहेको बताए ।

कार्यक्रममा रोटरीयनहरु यदुनाथ पाण्डे, वसन्त थापा, छवि पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए भने क्लवका कार्यवाहक सचिव जिवकान्त काफ्लेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?