ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

गर्मी बढेसँगै निःशुल्क पानी वितरण तथा लु सचेतना कार्यक्रम

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

बुटवल, २६ जेठ ।

गर्मी बढेसंगै बुटवलमा निःशुल्क चिसो पिउने पानी वितरण तथा सचेतना कार्यक्रम गरिएको छ । सामाजिक सेवामा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार राजमार्ग चौराहामा गुँड, मिश्री र चिसो पिउने पानी वितरणसंगै गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायबारे सचेतना कार्यक्रम गरेको हो ।

राजमार्ग चौराहामा सार्वजनिक यातायातका चालकहरुलाई मिठाई र चिसो पिउने पानी वितरण गरी उद्घाटन गरिएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले गर्मीको बेलामा काम बिशेषबाट हिंडेका नागरिकहरुलाई पिउने पानी वितरण गर्नु सामाजिक उत्तरदायित्व निभाएको बताए । सार्वजनिक स्थलमा पिउन पानीको ब्यवस्थापन नभएको बेला आफुहरुले सानो सहयोग गरेको बताए ।

चिकित्सकका अनुसार गर्मीको बेला एउटा ब्यक्तिले दैनिक साढे दुई देखी ३ लिटर पानी पिउनुपर्ने हुन्छ । यसैगरी गर्मीबाट बच्न सकेसम्म दिउँसोको बेला घाममा बाहिर ननिस्कने, निस्कनै परे पातलो कपडा टाउको छोप्ने तथा छाता ओढ्ने सुझाव दिन्छन् । गर्मीमा मदिरा सेवन, चिनीको मात्रा बढी भएको झोल पदार्थ कम पिउनुपर्ने चिकित्सकले सुझाव दिन्छन् ।

कार्यक्रममा संयोजक भानु केसीले गर्मीबाट राहत दिने गरी सडक यात्रुहरुलाई भेली, मिश्रीसंगै एक सय जार चिसो पानी बितरण गरिएको बताए । गर्मी बढेसंगै बुटवलमा अन्य चोकहरुमा समेत कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताए । पिउने पानी वितरण तथा सचेतना कार्यक्रमलाई समाजसेवीहरु शम्भु भट्टराई, जमिन कक्षपति, अशोक प्रधान, नारायण तिवारी, पदम केसी, सन्जय चौधरी, हरि खरेल, जय शिवशक्ति वाटर ईण्डष्ट्रिजका सुनिल जयसवालबाट सहयोग भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?