ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

१६ दिने वारिष्टा तालिम सुरु

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

बुटवल, २६ जेठ ।

होटलमा कार्यरत वारिष्टाहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ विशेष तालिम आयोजना गरिएको छ । हेल्वेटास नेपालको ईन्स्योर परियोजना, रुपन्देही उद्योग संघको सहयोगमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजना तथा डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेशनल ट्रेनिङ प्रालीको प्राविधिक सहयोगमा रुपन्देहीका होटलमा कार्यरत बारिष्टाहरुको क्षमता विकास हुने गरी १६ दिने विशेष वारिष्टा तालिम शुरु गरिएको हो ।

शुक्रबार एक समारोहका बीच नेपाल होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले सामुहिक रुपमा उदघाटन गरे । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (दोस्रो चरण) ईनस्योर कार्यक्रमका चक्रपाणि तिमिल्सिनाले परियोजना दोस्रो चरण चलेको बताए । पाँच वर्षे पहिलो चरण समापन भएर दोस्रो चरणका कार्यक्रम जारी रहेको उनले बताए । तीन तहकै सरकार, स्थानीय ब्यवसायिक संघसंस्थाहरुको सहकार्यमा परियोजना छनौट भएर संचालन हँुदै आएको बताए । लुम्बिनी प्रदेशको दाङमा २४ महिने होटल ब्यवस्थापन तालिम चलिरहेको उनले जानकारी दिदै निजी क्षेत्रलाई क्रियाशिल बनाएर सिटिभिटीमार्फत समन्वय गर्ने गरी प्राविधिक शिक्षा तथा ब्यवहारिक तालिमलाई जोड दिएको बताए । अहिले ११ वटा शिक्षालयमा तालिमहरु संचालनमा रहेको उनले बताए । यसैगरी लुम्बिनी प्रदेशका ११ वटा स्थानीय सरकारसंग समन्वय गरी तालिम चलाएको उनले बताए ।

कार्यक्रममा नेपाल होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले ब्यवसायीको हकहित र सीप सिकाईको गर्व गर्ने लायकको तालिम भएको बताए । बजारको माग अनुसार कफिका परिकारहरु एक्सप्रेसो, अमेरिकानो, क्याफेलाटे, क्यापाजिनो, मकाओ जस्ता चलनचल्तिका साथै गर्मीमा चिसो कफि, आईरिस कफि जस्ता परिकार बनाउन तालिमबाट सहयोग मिल्ने उनले बताए । होटल ब्यवसायीप्रति नकारात्मक सोचलाई चिर्न जरुरी रहेको भन्दै उनले अन्तराष्ट्रिय बजारमा भने मर्यादित पेशा भएको दाबी गरे । आगामी दिनहरुमा ब्यवसायीहरुलाई हाउसकिपिङ, कुक, वेटर जस्ता धेरै तालिमलाई दिईने बताए । हरेक ब्यक्ति आफू सिकेको दक्षता र कलालाई ब्यवहारमा उतार्न जरुरी रहेको उनले बताए । होटलसंग पर्यटन जोडिएको भन्दै संगसंगै लैजानुपर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले बजारमा तालिम प्राप्त वारिष्टाको माग रहेको भन्दै बजारमा दक्ष जनशक्ति उत्पादन हुने बताए । होटल ब्यवसायीहरुलाई पेशाप्रति सीप सिकाउँदै दक्षता अभिवृद्धि गर्ने गरी तालिमको ब्यवस्था गर्ने बताए । होटल ब्यवसायीहरुलाई क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर चलाउने गरी तालिम तथा शिक्षा संयोजक तोकेर नै कार्यक्रम अघि बढाएको बताए । तालिमको प्रभावकारीतालाई निरन्तरता दिईने उनले बताए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले होटल ब्यवसायी पेशा मर्यादित र सम्मानित व्यवहार गर्नुपर्ने पेशा भएको बताए । श्रममा आधारित पेशालाई थप क्षमता अभिवृद्धि गर्दै युवाहरुलाई तालिम दिएर स्वदेशमै स्वरोजगार बन्ने रुपमा चलाईएको बताए । वारिस्टा के हो, यसमा के कस्ता सीप हुन्छ भन्ने जस्ता कला सिक्न फलदायी हुने उनले बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राम प्रसाद गौतमले सिटिभिटीको तालिम युवाहरुलाई प्रमाणपत्र दिने र विदेश पलायन हुने रुपमा भन्दा पनि स्वदेशमा काम गर्ने गरी पाठ्यक्रमलाई नेपाली बजार अनुसार परिवर्तन गर्न जरुरी रहेको बताए । नेपाली खानपान र संस्कृतिलाई जोडेर तालिम चलाउनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेशनल ट्रेनिङ प्रालीका डाईरेक्टर सुमित्रा केसीले युवाहरुलाई क्षमता विकासका लागि तालिम गर्दै आएको बताईन् । हाल प्रालिबाट सिटिईभिटीबाट मान्यता प्राप्त १३ वटा विधामा तालिमहरु दिदै आएको बताए ।
कार्यक्रममा तालिम संयोजक माधव ढकालले रुपन्देहीका होटल ब्यवसायीलाई क्षमता विकास कार्यक्रम अन्तर्गत तालिम दिईएको बताए ।

होटल ब्यवसायीहरुलाई मर्यादित र दक्ष बनाउने गरी निरन्तर तालिम चलाउदै जाने उनले बताए । रुपन्देहीका विभिन्न होटलमा कार्यरत कर्मचारीहरुमध्येबाट छनौट भएका २० जना तालिममा सहभागी रहेका छन् । सहभागीहरुलाई मुख्य प्रशिक्षक आशिष गौतम, सहायक प्रशिक्षक सुशील चौधरीले ९६ घण्टाको तालिम दिने छन् । कार्यक्रममा संघका पुर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सचिव कमल भण्डारीले होटल ब्यवसायी तथा कर्मचारीलाई क्षमता, नेतृत्व र ब्यवसायिक विकासमा जोड दिने गरि कार्यक्रम चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?