© २०२३
बुटवल, जेठ – नेपाल सरकारले २०७३ सालमा सातै वटा प्रदेशमा विषादी परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय ग¥यो । सोही अनुसार वि.स. २०७५ सालमा बुटवलमा विषादी परिक्षण प्रयोगशाला समेत स्थापना भयो ।
कार्बोमेट र अर्गानोफस्फेट नामका दुई वटा विषादीको नमूना जाँच गर्दै आएको बुटवलको ‘विषादी अवेशेष दु्रत विश्लेषण एकाई’ प्रयोगशाला कर्मचारी अभावको विचमा पटक–पटक बन्द समेत हुने गरेको थियो ।
नेपाल सरकारले दुई बर्ष पहिला सिमा क्षेत्रमा अनिवार्य रुपमा विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफुल भित्रउने निर्णय गरे अनुसार बुटवलको विषादी परिक्षण प्रयोगशालले राम्रै काम पाएको थियो ।
तर संघीय सकरारको कृषि मन्त्रालयबाट नेपालका प्रत्येक नाकामा नै विषादी परिक्षण गर्ने छुट्टै कार्यालय ‘खाद्य आयात निर्यायत प्रमाणिकरण कार्यलय’ स्थापना गरेपछि बुटवल लयायत विभिन्न उपज केन्द्रमा रहेका विषादी परिक्षण प्रयोगशाला अहिले काम विहिन जस्तै बनेका छन् ।
नेपाल सरकार मन्त्री परिषद्को २०७९ चैत २८ गते मंगलबारको निर्णयले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो । सरकारले सातवटै प्रदेशको एक एक स्थान छनौट गरी सात स्थानमा तरकारीमा पाइने बिषादीको परिमाण परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ ।
सरकारले प्रदेश नम्बर १ मा विर्तामोड, २ मा लालबन्दी, ३ मा काठमाडौंको कालिमाटी तरकारी बजार, ४ मा पोखरा, ५ मा बुटवल, ६ मा सुर्खेत भए पनि तत्कालको लागि नेपालगञ्ज र ७ मा कैलालीमा तरकारीको विषादी परीक्षण केन्द्र संचालनमा ल्याएको छ । यद्यपी ति प्रयोगशाला अहिले काम विहिन जस्तै भएका छन् ।
भारतबाट वा अन्य स्थान बाट आएको तरकारीमा आलु, प्याज सहित तरकारी र फलफुल को समेत नमुना संकलन गरी परिक्षण गर्ने त्यसमा दुई वटा मात्रै विषादी कार्बोमेट र अर्गानो फस्फेट को परिक्षण गर्दै आएको थियो ।
बुटवलको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी परिक्षण प्रयोगशालामा अहिले दुई जना मात्रै कर्मचारी छन् । एक जना प्राविधिक सहायक र एक जना कार्यलय सहयोगीमात्रै । उक्त कार्यालयले १ बर्ष पहिला भैरहवा भन्सार नाकाबाट आउने तरकारी को परिक्षण गरी रिर्पोट प्रदान गर्दैै आएकोमा भैरहवाको बेलहिया मा विषादी परिक्षण गर्ने कार्यालय र खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले समेत विषादी परिक्षणको काम गरेपछि अहिले बुटवलको कार्यालय आन्तरिक परिक्षण गरी रिर्पोट बुझाएर मात्रै सुख्ख पाएको छ ।
बुटवलमा रहेको विषादी अवशेष दु्रतविश्लेषण एकाई ले एक महिना पहिला कृषि बजारमा आउने फलफुल तथा तरकारीहरुको ९ वटा नमुना संकलन गरी परिक्षण गर्दै आएकोका अहिले भने जम्मा ५ प्रकारका नमुना मात्रै परिक्षण गर्दै आएको छ । कार्यालयका प्रमुख समेत रहेका प्राविधिक सहायक दिनेश कुमार यादवका अनुसार अहिले जम्मा ५ वटा मात्रै नमुनाको परिक्षण गर्दै आएको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्र बुटवलका अहिले सयौं प्रकारका फलफुल तथा तरकारी आउने गर्दछन् भने करोडौंको कारोबार एकै दिनमा हुने गर्दछन् । तर विषादी परिक्षण प्रयोगशाले जम्मा ५ वटा मात्रै नमुना परिक्षण गर्दै आएको छ ।
कार्यालय प्रमुख यादव भन्दछन्–‘हाम्लाई दैनिक ५ वटा मात्रै गर्नु भनेर आदेश आएको छ, त्यहि गरेका छौं । ’
उपभोक्ताहरुको बढि मात्रामा गुनासो आएको अहिलेको आँप मा विषादी प्रयोग भए वा नभएको विषयमा प्रयोगशालाले हाल सम्म एउटा पनि नमुना परिक्षण गरेका छैन । ‘आँपको परिक्षण गरेका छैनौं, यसमा आदेश अनुसार हुन्छ । ’
बुटवलमा रहेको प्रयोगशालले भारतबाट आयात गरेको र नेपालका स्वदेशमा नै उत्पादन भएका तरकारी फलफुलमा विषादीको मात्रै परिक्षण गर्दै आएको छ । यो बर्षमा ४ वटा नमुना मा विषादीको लेवल (पहेँलों) रिर्पोट देखिएको थियो । जसमा दुई वटा भारतबाट आयातीत र २ वटा नेपालकै एउटा रुपन्देहीको एउटा सल्यानको रहेको थियो ।
उताबाट पास यता फेल
भैरहवा भन्सारबाट आयात हुने जो सुकै तरकारी वा फलफुलको विषादीको अवेशष परिक्षण गरेर मात्रै भन्सार कार्यालयले नेपालमा भित्र्याउन अनुमती दिन्छ । तर तेहि भारतबाट आयात गरिएको तरकारी भैरहवाबाट पास भएर आउँदा बुटवलमा आउँदा भने फेल भएको पाइएको छ ।
गत जेठ १६ गते भारतबाट आयात गरिएको बेमौसमी काउलीमा भैरहवामा रहेका कार्यालय खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालयले खान योग्य भनी पास गरेर पठाएकोमा सोही नमुना नै बुटवलको विषाादी अवेश द्रुत विश्लेषण एकाई मा परिक्षण गर्दा ३ दिन राखेपछि मात्रै खान योग्य हुने गरी प्रमाणित गरिएको थियो । यसलाई प्राविधिक भाषामा ‘क्वारेन्टीन गरेरर मात्रै’ पुनः परिक्षण गरी खाना योग्य भएमा मात्रै विक्रि वितरण गर्न पाउने नियम हुन्छ ।
जस अनुसार उक्त दिनको काउली व्यवसायीले आफै नष्ट गरेको विषादी प्रयोगशाला बुटवलमा प्रुमख दिनेश कुमार यादव बताउँछन् । भैरहवामा रहेको कार्यालयले गम्भिर त्रुटी गरेको कारण बुटवलमा विषादी परिक्षण गर्दा तत्काल खान नहुने अवस्थामा भेटिएको हो । उपभोक्ता अधिकार माथि ठाडै धावा बोल्दै ति कार्यालयहरुले खान योग्यको प्रमाण पत्र जारी गर्दैै आएको प्रमाण भेटिएको हो
यस्तै गत मंसिर २८ गते भारतबाट नै आयात गरिएको खुर्सानीमा पनि बुटवलमा परिक्षण गर्दा तत्कालन उपभोक्ताले उपभोग गर्न नमिल्ने गरी (पहेलो लाईन कलर) देखाएको थियो । बुटवलका प्राविधिक यादवका अनुसार भारतबाट आयात गर्दा व्यवसायीले परिक्षण गरेर प्रमाण पत्र पेश गरेर मात्रै भन्सारले प्रमाण पत्र जारी गरेरपछि मात्रै स्वदेशमा आउन पाउँछन् । तर यसमा पनि भैरहवाको कार्यालयले गम्भिर त्रुटी गरेको पाइएको छ । भैरहवामा परिक्षण गर्दा खान हुने तर बुटवलमा परिक्षण गर्दा तत्काल खान नहुने गरी नतिजा आउनले ले उपभोक्तामाथी भारतबाट आयात हुने तरकारी र फलफुलमा खुलेयाम विषादी आईरहेको भन्ने कुरा प्रमाणित भएको छ ।
आँपको परिक्षण नै छैन?
बुटवल सहित देशभर अहिले भारतीय आँप बजारभरी रहेका छन् । केही समय पहिला नै टिपेर च्याम्बरमा विषादी राखेर पकाएका आँप अहिले बजारमा आएका छन् । प्राकृतिक रुपमा आँप पाक्ने सिजन अझै सुरु भएको छैन । असार पछि मात्रै नेपाल सहित छिमिकी देश भारतमा आपँ पाक्छ । तर भारतीय व्यवसायीहरुले पहिला नै काँचोमा आप टिपेर विषादी प्रयोग गरी पकाएर नेपालमा धमाधम भित्र्याएका छन् ।
आपँमा विषादी परिक्षण बारेमा बुटवलको प्रयोगशालाले हाल सम्म परिक्षण गरेको छैन । प्राविधिक सहायक यादवका अनुसार शुक्रबार बाट मात्रै परिक्षण गर्ने तयारी गरिएको छ ।
आँप पकाउन क्याल्सियम कारबाइड नामको रसायन प्रयोग गरिन्छ ।जसले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सकहरु बताउँछन । आपँ देख्न साथ खाउखाउ लाग्न जस्तै हुन्छ ।आँप उत्पादन गर्ने किसान र व्यापारीले यतिबेला खुलेआम कारबाइड हालेको आँप बिक्री गरिरहेका छन् । कारबाइडमा रहेको कार्बनडाअक्साईड र हाईड्रोजनले अक्सिजनको मात्रालाई सोसेर २४ घण्टामै आँपलाई पकाइदिन्छ ।
उनीहरुले आँपलाई टिपेर बोरामा पोको पारी पकाउने, बढी तापक्रममा राखेर पकाउने तथा विभिन्न विषादीहरुको प्रयोग गरी पकाएर बजार पठाउने गर्छन् । यसरी पाकेको आँप खाँदा पेटसम्बन्धी रोग समेत लाग्ने बढी सम्भावना हुन्छ । आपँ बढी खाएको समयमा निद्रा लाग्ने हुन्छ ।
केन्द्रीय बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्चीकृत भएका १ सय १६ वटा विषादी छन् । जसमा ५२ किसिमका सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई किसिमका मुसानाशक र २२ किसिमका झारपातनाशक छन् ।
तर नेपाल सरकारले हाल जम्मा दुई वटा मात्रै विषादी तरकारीमा कार्बोमेट्स र अर्गानोफोस्फेट मात्रै विषादी परिक्षण गरेर मख्ख पर्दै आएको छ ।
कार्बोमेट्स र आर्गानो फोस्फेट परीक्षणपछि तरकारीमा ३५ प्रतिशतसम्म विषादी देखा परेमा हरियो (खाना मिल्ने), ३५ देखि ४५ सम्म विषादी देखिमा पँहेलो (केही दिन पर्खनु पर्ने) र ४५ भन्दा माथि विषादी देखा परेमा रातो (नष्ट गर्नुपर्ने) भनी नियममा उल्लेख छ।