© २०२३
बुटवल, जेठ- नेपालमा रहदा चलचित्र कर्ममा रमाएका सन्जय काउचा । नेपाली कला, साहित्य, भाषा, संस्कृति जर्गेनाका चलचित्र लेखन, निर्देशन, कलाकारीतामा योगदान दिए । एक्कासी ईपिएस भाषा परिक्षा दिएका उनि हानिए कोरियामा श्रम गर्न । करीब ३ वर्ष कोरिया बसाईको क्रममा नङग्रा खियाएर केही रकम जोडजाम गरे । तन कोरियामा भएपनि उनको मन भने नेपालमै थियो । देशमै केही गरौ भन्ने सोच बोकेका उनि मिलन चोकमा मर्गरस किचन (एक सास्कृतिक घर¬) खोले ।
कोरियामा नङ खियाएर कमाएको पैसाले ब्यापार विजनेशभन्दा पनि उनले मगर जातिको पहिचान दिने खालको कलाहरु संकलन गरेर संग्राहलयको रुपमा खाजा घर स्थापना गरे । विष्णु प्रसाद रेग्मीको सवा नौ धुर जग्गा लिजमा लिएर पुर्वाधार तयार भयो । पहाडको आटीसहितको दुई तल्ला संरचनामा गाउमा पुगेर पुराना सरसामानहरु संकलन गरे । आवश्यक पुर्वाधार बनाउन ५४ लाख रुपैयाका साथमा बैक लोनसमेत लगाए । विसं २०७६ साल फागुन २१ गते उद्घाटन भयो । चैतमा विश्वभर कोभिड संक्रमण देखियो । यसको प्रभाव उनको लगानीमा पर्यो । ठुलो सपना बोकेर शुरु गरेको उनको सपनाको घर समस्यामा पर्यो । फेरि केही गरि कोभिडको समस्या कम भएसंगै गति लियो । धेरै विद्यालयबाट विद्यार्थीहरु नमुना घर अध्ययन, अनुसन्धान गर्न आउथे । तर लामोसमय भने चलेन । उनको सास्कृतिक घर बिस्तारै आर्थिक धरापमा पर्यो । काउचा अहिले पिडामा छन । रेष्टुरेन्ट भन्दा पनि सास्कृतिक घरको रुपमा स्थापना गरिएको उनको यो सपनाको घर अहिले संकटमा छ । कर्मचारी, घरभाडा, बैक ब्याज लगायत गरि मासिक १ लाख ५० हजार रुपैया खर्च धान्न मुश्किल भयो । जेठ १ गतेबाट यो बन्द छ ।
पर्यटनको हिसाबले एकरात बुटवलमा भुलाउने ठाउ छैन । यस्तोमा यो एउटा उचित गन्त्ब्य बन्न सक्ने सम्भावना प्रति स्थानिय सरकार उदार बनेको उनको दुखेसो छ । ‘धेरै ठाउमा हार गुहार गरेपनि कतैबाट सहयोग मिलेन ।’–उनले भने । स्थानिय, प्रदेश र संघिय सरकारमा उनि पुगे । संस्कृति जगाउने उनको यो कामलाई सरकारबाट सहयोग नहुदा उनि पिडामा छन । धेरै ठुलो सपना बुनेका उनि अहिले पहिलो दातमै ढुगा भएको उनी बताउछन । दाङको जगेरा तालमा समेतमा शाखा खोलेका उनि त्यहाँ पनि समस्यामा परे ।
बुटवल उपमहानगरपालिकामा शिव सुवेदी नगरप्रमुख रहदा धेरै पटक पहल गरे । बुटवलको गौरवका रुपमा साँस्कृतिक घर घोषणा गरेर सरकारबाट थोरै योगदान चाहेका थिए । तर त्यो पुरा भएन । देशमा निर्वाचन भयो । राजनीतिक परिवर्तन भए । नया प्रमुख निर्वाचित भएर आए । नया नगरप्रमुख खेलराज पाण्डेसंग पनि उनि पटकपटक पुगे । कार्यकारी अधिकृत टेकराज पन्थीलाई आफनो ब्यथा बुझाए । आशाका किरण उदाउन नपाउदै निभ्यो । उनी कार्यविधि बनाएर सास्कृतिक संग्राहलयको रुपमा सहयोग चाहन्थे । सरकारको थोरै भएपनि सहयोग दिएर हौसला बढाउनुपर्छ भन्ने चाहना उनको थियो । उनि प्रदेश सरकारमा पुगेर, प्रदेश पर्यटन बोर्डमा गए । आफ्नो प्रस्ताव राखे । सबैबाट सहयोगको आश्वासन पाए तर सहयोग कतैबाट मिलेन । कुनै दलको आस्था नदेखाएकै कारण सहयोग पाउन नसकेको उनको दुखेसो छ । पार्टी र जातीगत रुपमा नलाग्दा सहयोग नमिलेको उनले दुखेसो गरे । उनको फोन समेत उठ्न छोडेको उनी बताउँछन ।
उनको सपना भनेको सरकारबाट थोरै जग्गा उपलब्ध हुने र त्यहा मगर संस्कृतिका खानाको परिकार, होम स्टे, संग्राहलयसंगै रोधी घर संचालन गर्ने थियो । जहा नयाँ पुस्ताहरुलाई यहाको कलासंस्कृतिबारे अध्ययन अनुसन्धानमा टेवा मिल्ने थियो । उनको यो सपना सपना नै भयो । आदीबासी जनजातीहरुको नाममा स्थापित भएका धेरै संघसंस्थाहरु छन । उनिहरु कलासंस्कृति, जातिय उठानका धेरै कुरा उठाएपनि उनिहरु डुब्न लागेको उनको घरलाई सहयोग नगरेको उनको दुखेसो छ । पर्यटनको नाममा सरकारले गोष्ठी र सेमिनारमा लाखौ रुपैया सिध्याउने गर्छ । नीजि क्षेत्रबाट शुरु गरिएको पर्यटन भुलाउन सक्ने यस्ता संग्राहलयलाई जर्गेना गर्न भने नीतिगत समस्या देखाउदै सहयोग नभएको उनको दुखेसो छ ।
‘मगर्स किचनलाई बचाऔं’ अभियान शुरु
आफनो ब्यक्तिगतभन्दा पनि नेपाली संस्कृति संरक्षणलाई अघि बढाएका उनको समस्या सुनिदिने कोही छैनन । आफै पारिवारीक समस्यामा छन । मौलिक खानाका परिकार पस्कने मगर्स किचनलाई बचाउने अभियान चलाइएको छ । सन्जय काउछा मगरले बुटवल तिनकुनेमा पहिचान स्थापित गरेको मगर्स किचनलाई आफ्नो समुदायका धेरैसंग सहकार्य र सहयोग गरेपनि कुन सहयोग मिलेको छैन । सामाजिक संजालबाट आवश्यक पहल थालेको छ । स्थानीय र प्रदेश सरकारसंग समेत याचना गर्दा सहयोग नमिलेको उनको दुखेसो छ ।
मिनी संग्राहलयमा के के जुटाए
मिनी संग्राहलयका रुपमा एक नाले भरुवा बन्दुक, धनु काण्ड, मधुस मादल, हर्पे, आरी, माना पाथी, करुवा, ठेकी, टेपरिकर्डर, चाल्नो, चौठी, पेरुङो, ढिकी, जातो, लालटिन, डम्फु, हतासो, नारा, मोरीको घार, सेघु, भोटेताल्चा, खुर्पेटो, नाङलो, डोको, ठेकी, मदानी, चकटी, ढुगेधारा, सिलौटा, गाग्री, ताउली लगायत बाबुबाजेले दैनिक जिवनमा प्रयोग गर्ने सामग्रीहरु धेरै मेहनत गरि संग्रह गरेका छन । विशेष दिवसमा समेत विविध सास्कृतिक कार्यक्रम गरेका थिए । माघ १ गते माघी संग्रान्ती, फागुनमा समेत विभिन्न सास्कृतिक पर्व गराउने गर्दथे ।
के पाईन्थ्यो परिकार
किचनमा मोही, आटा, ढिडो, भुटेको मकै, कोदो÷फापरको तावा रोटी, सिस्नोको मःमः, सेलरोटी, चुकौनी, मासुका परिकारहरु पाइन्थ्यो । नया पुस्तालाई बाजेको पालाको खाना परिकार खुवाउने र स्थापित गराउने लक्ष्य बोकेको उनि हार माने ।