ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

पूर्व राज्यमन्त्री चौधरीको निधन

२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

दाङ, २४ जेठ ।

दाङ घोराही –४ वेलभार निवासी पूर्व राज्यमन्त्री महेश चौधरीको निधन भएको छ । केही महिनादेखि सुगर र उच्च रक्तचापका बिरामी रहेका भएका चौधरीको उपचारको क्रममा आज बिहान दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७२ वर्षको उमेरमा निधन भएको परिवारले जानकारी दिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा ६ वर्षको प्राध्यापन पेसा छाडेर उनी ०४१ मा कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०४८ सालमा उनलाई एमालेले राष्ट्रिय सभामा लगेको थियो । ६ वर्ष राष्ट्रिय सभामा काम गरेपछि २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भए । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दागर्दै महेश चौधरी एकाएक राजनीतिमा आकर्षित भए । पार्टीले उनलाई २०६४ ÷ २०६५ मा पनि २६ जनामा फेरि मनोनित गरेर संविधान सभा सदस्य बनायो । त्यो कार्यकाल सकिएपछि भने उनले सक्रिय राजनीति गर्नुभएन बरू कृषि अनुसन्धानमा लागेर घोराही ४ बेलभारमा जैविक मलको कारखाना खोलेका छन् ।

उनले नेपालको तराई तथा यसका भूमि पुत्रहरू, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’ थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक प्रकाशित छन् । थारू भाषाका व्याकरण, गीति नाटक, थारु लोकसाहित्यमा गुरूबाबा, माघर, झुम्रा, बर्की नाचबारे पनि किताब लेखेका छन् । उनले नेपाली भाषामा लेखेको ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ नामक किताब चर्चित छ । उनका ‘हिडेन ट्रेजर्स अफ द लो ल्याण्ड नेपाल’ भाग १ र भाग २ पनि प्रकाशित छन् । उनका दुई छोरा,एक छोरी र एक श्रीमती छन् । उनको पुखौैली घर दाङको दगीशरण गाउपालिकाको बैबाङमा आजै अन्तिम दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?