Butwal Today

बलात्कार प्रयास आरोपमा दुई किशोरसहित पाँच जना पक्राउ

२३ जेष्ठ २०८०, मंगलवार
अ+
अ-

दाङ, २३ जेठ ।

दाङमा १२ र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दुई किशोरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गढवाका १६ वर्षीय दुइ किशोर, गढवा गाउँपालिका –५ का २० वर्षीय सोहेल भन्ने सुहेल खान, गढवा गाउँपालिका–६ का १८ वर्षीय दिलसान अहमद र शिवराज नगरपालिका–११ स्थायी घर भइ हाल गढवा गाउँपालिका–६ बस्ने २० वर्षीय जावेद भन्ने जावीद अली नाउलाई पक्राउ गरेको हो ।

जेठ १३ गते बालिकाहरुलाई गढवा लगेको र जेठ १४ गते लमही नपा–५ स्थित कोठामा लगेर पाँच जनाले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गढवाले पाँचै जनालाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?