© २०२३
बुटवल, २३ जेठ
स्वर्गीय बुवा आमाको सम्झनामा मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठान निवासी चन्द्र बहादुर शाह (हाल तुल्सीपुर–८ दाङ) ले मल्लरानीमा रहेको धार्मिकस्थल झाक्रीस्थान मन्दिर नजिकै प्रतीक्षालय निर्माण गरेका छन् । स्व.बुवा रण बहादुर शाह र आमा मन कुमारी शाहको स्मृतीमा दुई लाख ५० हजार रुपैयाँ लगानीमा ‘पिकनिक’ स्थल प्रयोजनका लागि प्रतिक्षालय निर्माण गरेका हुन् ।
शाहका बुवाको २०७३ सालमा ७५ बर्ष र आमाको २०७१ सालमा ६७ बर्षको उमेरमा निधन भएको थियो । आफ्नो घर नजिकै रहेको झाक्रिस्थान मन्दिरप्रति बुवा आमाको अगाध आस्था र विश्वास रहेकाले प्रतिक्षालय निर्माण गरेको शाहले सुनाए । प्रतिक्षालयसँगै झाँक्रीस्थान मन्दिर क्षेत्रमा अन्य सामाजिक कार्यहरु पनि गर्ने सोँचमा आफू रहेको उनले जानकारी गराए । झाँक्रीस्थान मन्दिरमा पुगेर दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।
यस मन्दिर क्षेत्रमा पुग्नका लागि पुल÷कल्भर्ट र हालको सडकलाई स्तरोन्नती गर्न सकेमा तीर्थालुहरुको चाँप अझ बढ्ने र सदरमुकाम खलंगाको चहलपहलमा थप टेवा पुग्ने शाहले सरकारलाई सुझाव दिए ।