© २०२३
पश्चिम नवलपरासी, २२ जेठ ।
पश्चिम नवलपरासीको रामग्राम १० नदवामा सोमबार दिउँसो पोखरीमा डुबेर दिदिको मृत्यु भएको छ भने बहिनीको अवस्था गम्भीर रहेको छ । खोटाङ जिल्ला दिपरुङ गाउँपालिका २ घर भई हाल रामग्राम नगरपालिका वडा नम्बर १० मा बस्दै आएका लेखराज खत्रिकी ११ वर्षीय छोरी युनिषा खत्रीको डुबेर मृत्यु भएको हो ।
माछा पोखरीमा पौडी खेल्ने क्रममा युनिसा डुबेकी थिइन् । तत्काल उद्दार गरी पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । युनिसा संगै पोखरीमा डुबेकी ७ वर्षीया बहिनि मुना खत्रीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेले जानकारी दिए ।