© २०२३
दाङ, २२ जेठ ।
दाङमा यही जेठ २५ गते देखि दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ निर्देशनालय स्वास्थ कार्यालय दाङको आयोजनामा भएको कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । दादुरा रुवेला विरुद्धको खोप अभियान २०८० दुई चरणमा संचालन हुने भएको छ ।
६ महिना देखि माथि १५ बर्ष मुनिका बालबालिकालाई दिइने उक्त खोप यही जेठ २५ गते देखि ३१ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङलाचुली गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सन्चालन हुने छ भने यही जेठ ३१ गते देखि असार ७ गतेसम्म तुलसीपुर नगरपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिकामा संचालन हुने स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले बताए । ६ महिनादेखि १५ बर्षसम्मका जिल्लाभरका दुइ लाख ८१ हजार बालबालिकालाई ८ सय १ खोपकेन्द« मार्फत खोप दिइने र खोप लगाउन १७ सय ७५ स्वास्थ्यकर्मी परिचालन गरिने आचार्यले बताए ।
वि. स. २०२६ सम्म रोगको अवस्था शून्य बनाइ सो अवस्था कायम गर्नका लागि अभियानका रुपमा लुम्बिनी प्रदेशका दाङ र बाँके जिल्लामा खोप बिशेष अभियान संचालन हुने भएको छ । समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वर कँुवरले कोही पनि खोपबाट बन्चित नहोउन् भन्न्ो उद्देश्यले दादुरा, रुबेला खोप संचालन गरिएको बताए । कार्यक्रमको सहजीकरण स्वास्थ कार्यालय दाङका बामदेब शर्माले गरेका थिए ।