© २०२३
चन्द्राैटा(कपिलवस्तु), २१ जेठ ।
वन डढेलाे नियन्त्रण सम्बन्धि संजाल निर्माण सवलीकरण तथा अन्तक्रिर्या कार्यक्रम गरिएकाे छ । जिल्लाकाे शिवराज नगरपालिकाकाे शिवपुरमा आइतबार कार्यक्रम आयाेजना गरिएको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु (गाैतमबुद्घ) चन्द्राैटाका प्रमुख विसिन्द्रराज सुवेदीले पछिल्लो समय वनजङ्गलमा आगलागीका घटना बढेकाेले सबै सजग रहन आग्रह गरे ।
वनमा झरेकाे पातपत्ङिगरमा आगलागी हुँदा जनावरसहित सिङ्गो मानव जगतलाई नै प्रभाव पार्ने भएकाेले जथाभावी रुख कटान नगर्न समेत उनले जाेड दिए । डिभिजनका सहायक वन अधिकृत कल्याण सापकोटाले सामुदायिक तथा साझेदारी वनलगायत आम उपभोक्ताले गर्नुपर्ने काम कर्तव्य तथा नीतिगत प्रावधानबारे सहभागी -हरुलाई प्रशिक्षण दिएका थिए ।
यसैबीच कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानीजानी कसैले वन डढेलाेमा सहयाेग गर्न नहुने बताए । यदि गरेकाे पाइए कानुनी प्रक्रिया अगाडि बढाइने उनले उल्लेख गरे । वन डढेलाे नियन्त्रणकाे सचेतना गर्न माेबाइलमा टाेन बज्ने सिस्टम गरेर हरेक तह तप्कामासमेत सचेतना जागरण हुने उनकाे भनाइ छ ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले नीतिगत व्यवस्था अनुसार वनले स्थानीय निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतनामूलक कार्यक्रम गरेर समुदाय सँगकाे सहकार्य जरुरी रहेकाे उनले जिकिर गरिन् । वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, अतिक्रमण नियन्त्रण, वन पैदावारको चोरी तस्किरीको न्यूनिकरण तथा समस्या कम गर्न सवै लाग्नुपर्नेमा सहभागिहरुको जोड छ ।कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाे सहभागिता रहेकाे अन्तक्रिर्यामा डिभिजन वन कार्यालय चन्द्राैटाका रेन्जर प्रमुख गणेश पुरी, सहायक वन अधिकृत तथा सूचना अधिकारी गणेश कुमार थारु र ईलाका प्रशासन कार्यालय चन्द्राैटाका प्रमुख बाबुराम अर्याललगायतले सम्बाेधन गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी