© २०२३
बुटवल, २१ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले जेठ २२ देखि असार १७ गतेसम्म बिदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । विद्यालयमा लामो बिदा दिंदा पठनपाठनमा असर पर्ने भन्दै सामाजिक सञ्जालमा भने नगरपालिकाको उक्त निर्णयको आलोचना भएको छ ।