ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि ‘न्यू होराइजन फेस्ट’

२० जेष्ठ २०८०, शनिबार
२० जेष्ठ २०८०, शनिबार

बुटवल, २० जेठ ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूल बुटवलले ‘न्यू होराइजन फेस्ट’ गर्ने भएको छ । विद्यालयले यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ गर्न लागेको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी क्रिकेट, फूटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट गर्न लागेको जानकारी दिएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले गतवर्षदेखि एसईई दिएर बसेका विद्यार्थी सहभागिता हुने गरी होराइजन फेस्ट आयोजना गर्दै आएको बताए । प्राचार्य उपाध्यायले प्रतियोगितामा एसईई दिएर बसेका लुम्बिनी प्रदेशका जुनसुकै ठाउँबाट पनि विद्यार्थीले सहभागिता जनाउन सक्ने बताए ।

क्रिकेट प्रतियोगिता टि–१० हुनेछ । २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने क्रिकेटमा करिब २० टिमको सहभागिता रहनेछ । २७ र २८ गते फुटसल टुर्नामेन्ट हुनेछ । ३० गते हाजिरीजवाफ, ३१ र ३२ गते रोबटिक्स वर्कशप र असार १ गते म्यूजिकल टयालेन्ट हन्ट हुने खेल संयोजक मनोज सिलवालले जानकारी दिए । विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले प्रतियोगिता २० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको बताए ।

एसईई दिएर निस्कृय रहेका विद्यार्थीहरूलाई सृजनात्मक सक्षमता उजागर गर्ने र विविध खेल विद्याका माध्यामबाट आपसी सदभाव अभिवृद्धि गर्न प्रतियोगिता गर्न लागिएको खनालले बताए । प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता निःशुल्क गरिएको छ । होराइजन देशकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?