Butwal Today

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणसहित तीन जनाको बयान हुँदै

१९ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

 काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको शुक्रबार बयान सकाउने तयारी गरिएको छ। शुक्रबार अन्तिम दिन पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान गराउने तयारी छ।

बिहीबार मात्रै अदालतमा उपस्थित भएका हरिभक्त महर्जनको पनि आजै बयान गराउने तयारी छ। यस्तै शरणार्थी नेता टेकनाथ रिजालको पनि बयान बाँकी छ।

यसअघि १५ जनाको बयान सकिएको छ। १२ गते देखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको हो।

त्यस दिनदेखि हेर्दाहेर्दैमा रहेको यो मुद्दामा थुनछेक आउन अझै केही  दिन लाग्ने भएको छ।

यसअघि बिहिबार पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीसहित पूर्व सांसद आङटावा शेर्पा र हज कमिटिका अध्यक्ष शमशेर मियाको बयान गराइएको थियो।

बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। बहस पछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने टुंगो लाग्ने छ।