© २०२३
दाङ, १९ जेठ ।
दाङको घोराही –१५ उमेशमार्गमा रहेको बन्जाडे इलेक्ट्रोनिक्स पसलको गोदाममा बिहीवार आगलागी भएको छ । पसल भित्रको गोदाममा आगलागी हुँदा लाखौको क्षति भएको पसलका संचालक हेमराज बन्जाडे जानकारी दिए ।
पसल संचालकले बिहानभर पसल खोलेका र पसल बन्द गरेर खाना खान गएको समयमा आगलागी भएको थियो । बिहान करिव साढे ११ बजेतिर विद्युतको तार सर्ट भएर पसल पछाडिको गोदाममा आगलागी भएको हो । आगलागीबाट लाखौको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए ।
पसलमा फ्रिज, वासिङमेसिन लगाएतका सयौ इलेक्ट्रिकल सामाग्री रहेका थिए । एलजी र सिजीको आधिकारिक बिक्रेता पनि थियो । आगलागी लगतै स्थानीय,नेपाली सेना, प्रहरी र घोराही उपहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण आउन बाकी रहेको प्रहरी प्रमुख वलीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी