© २०२३
चन्द्राैटा(कपिलवस्तु), १७ जेठ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिकोे अध्यक्षमा प्रवेज आलम खाँ विजयी भएका छन् । जिल्लाकाे लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा भएको वनको पाँचौं साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा खाँ निर्वाचित भएकाे वनले जनाइएको छ ।
समितिका निर्वतमान अध्यक्ष तथा हालका अध्यक्षको उम्मेदवार रहेका राम कुमार यादवलाई पराजित गर्दै खाँले जित हासिल गरेका हुन् । कुल ९८ मतदाता मध्ये खाँ ५२ र यादव ३८ मत प्राप्त गरेका थिए । जस अनुसार खाँले १४ मतान्तरले विजयी भएको अधिकृत गणेश बहादुर अएडी जानकारी दिए ।
यस्तै वनको निर्वाचनमा उपाध्यक्ष पदमा सिमा अर्याल निर्वाचित भएकी छन् । उपाध्यक्ष पदमा उम्मेदवार दिएका सिमा अर्याल र सिता यादवले ३६-३६ मत बराबर भएपछि गोला प्रथाबाट अर्याल विजयी भएकी जनाइएको छ ।