ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

कृषिमा यान्त्रीकरण र व्यवसायीकरणका लागि लगानी बढाउँदै स्थानीय सरकार

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

सल्यान, १७ जेठ ।

व्यावसायिक रुपमा कृषिलाइ अगाडि बढाएका सल्यानका समूह तथा फर्मलाइ स्थानीय सरकारको लगानी बढ्दै गएको छ । जिल्लाका स्थानीय तहहरुले समूहमा आवद्ध भएर तरकारी, फलफुल तथा अन्न बाली लगाउने किसानहरुलाई थप व्यावसायिक बनाउन सहयोग गर्दै आएका छन् । यस क्रममा छत्रेश्वरी गाउँपालिकाले विभिन्न कृषि यन्त्र वितरण गरेको छ । बुधबार कृषि समूह तथा फर्मलाइ कृषि यन्त्र हस्तान्तरण गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले स्प्रे, टनेल लगायतका सामग्री हस्तान्तरण गरेको कृषि विकास शाखा प्रमुख दिपक पुनले जनाए । गाउँपालिकाले प्रस्तावना आह्वान गरे अनुसार छनौटमा परेका समूह र फर्मलाइ फुट स्प्रे ३ थान, कर्ण सेलर ६ थान, स्प्रे टंकी ७० थान र प्लास्टिक सिड टनेल ८० थान वितरण गरिएको शाखा प्रमुख पुनले जानकारी दिए । उनका अनुसार यसअघि गाउँपालिकाले १८ थान मिनि टिलर वितरण गरेको थियो ।

भोटेचौरमा आयोजित कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले आधुनिक प्रविधी अपनाउँदै कृषिमा यान्त्रीकरण भयो भने यसले कम लागत र कम समयमा बढी उत्पादन लिन सकिने बताए । उनले व्यावसायिक कृषिबाट नै किसानको आर्थिक अवस्थामा सुधार ल्याएर पालिकालाई समृद्धिको मार्गमा लैजान सकिने भएकाले दत्तचित्त भएर मिहेनतका साथ कृषि पेशामा निरन्तर लाग्नुपर्ने बताए । उपाध्यक्ष खत्रीले कृषिमा यान्त्रीकरण र व्यवसायीकरणमा गाउँपालिकाले लगानी बढाउँदै लैजाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?