ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

नदीजन्य पदार्थमा अनियमितताको आरोप लगाउँदै गाउँपालिका कार्यालय घेराउ

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

दाङ, १७ जेठ ।

नदीजन्य पदार्थमा अनियमितता भएको आरोप लगाउँदै दाङको राजपुर गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । नदीजन्य बस्तुको अवैध उत्खनन कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो ।

नदीजन्य पदार्थको उत्खनन बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन भएको नदीजन्य पदार्थको राजश्व जम्मा गर लगायतका माग राख्दै मंगलबार गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो । अवैध उत्खनन रोक्नुको साटो संरक्षण गरिएको स्थानीय लेखराज डाँगीले आरोप लगाए । उनले गाउँपालिकाका जनप्रतिनिधिले सुशासन कायम गर्न नसकेको बताए ।

गाउँपालिका घेराउ गर्न वडा अध्यक्ष र कार्यपालिका सदस्य समेत सहभागी भएका थिए । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने नियमअनुसार काम भएको दावी गरे । कुनै पनि बदमासी नभएको उनको भनाई छ ।

वडा अध्यक्ष सहित कार्यपालिका सदस्य समेत आन्दोलनमा सहभागी भएका छन् । कार्यपालिकाको बैठकबाट निर्णय नगरेर एकलौटी गर्न खोजिएको आरोप लगाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित मटेरीया घाटबाट नदीजन्य वस्तु उत्खनन् गर्न ठेक्का लगाएको थियो । करिब दुई महिना सम्म निरन्तर उत्खनन् गरिएको र सम्झौता भन्दा बढी उत्खनन् गरिएको आरोप गाउँपालिका माथि लागेको छ ।

गाउँपालिकाले भने ठेक्का लागेको भन्दा कम मात्रामा ढुंगाजन्य वस्तु उत्खनन् भएको रिपोर्ट सार्वजनिक गरेको छ । १० हजार दुई सय १४ दशमलव ७० घनमिटर मात्रै उत्खनन् भएको जानकारी गराइएको छ । नदीजन्य बस्तु संगै योजना फरफारकमा ढिलासुस्ती हुने गरेको, बजेट तथा कार्यक्रमहरु पालिकामा मात्रै सिसित गरेको, वडा कार्यालयलाई बजेट तथा कार्यक्रम दिन आनाकानी गरेको जस्ता आरोपहरु लगाउँदै घेराउ र धर्ना दिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?