ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

सामान्य नागरिकले सेवा पाउने गरी राप्ती प्रादेशिक अस्पतालको विकास गर्छौंं : मुख्यमन्त्री

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

तुल्सीपुर, १६ जेठ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समान्य नागरिकले सहज रुपमा सेवा पाउने गरी दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको बिकास गरिने बताएका छन् ।

१६औं गणतन्त्र दिवसको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भेगिय हिसावले राप्ती प्रादेशिक अस्पतालले साविक राप्तीको मात्रै नभई कर्णाली प्रदेशका जिल्लाहरुका नागरिकलाई पनि सेवा दिने गरेको हुँदा यसको विकास जरुरी रहेको बताए ।

अन्य हस्पिटलहरुले तुलसीपुरमा रिफर गरेका केशहरुलाई सुल्झाउन सक्ने गरी अस्पतालको सेवा सुविधा विकास गरिने उनले आश्वासन दिएका हुन् ।

बुटवल र दाङमा गरी दुई वटा प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशमा रहेको र त्यसमा पनि बुटवलको अस्पतालको बिकासको लागि ६ अर्ब रुपैयाँको टेन्डर आह्वान भइसकेको हुँदा अब पालो राप्ती प्रादेशिक अस्पतालको आएको उनले बताएका थिए ।

राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको बनाउनका लागि कार्यक्रममै सहभागी स्वास्थ्य मन्त्री राजु खनाल र स्वास्थ्य सचिवलाई कागजात मिलाएर आउने मन्त्रिपरिषदको बैठकमा पेश गर्न मुख्यमन्त्री चौधरले निर्देशन दिएका थिए ।

अस्पतालहरुमा रहेको अनावश्यक जनशक्तिलाई कटौती गरी बिशिष्ट श्रेणीका डाक्टर ल्याउन पहल गर्ने उनले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले राप्ती प्रोदशिक अस्पतालको अवस्था बारे आफु परिचित रहेको भन्दै सामान्य भन्दा सामान्य नागरिकको पहुँच पुग्ने गरी अस्पतालको स्तरोन्नती र विकासमा लाग्ने आश्वासन दिएका थिए ।

‘यो अस्पताल रिफर सेन्टरको रुपमा रहेको भन्ने आलोचना छ,’ उनले भनेका थिए ‘अब अस्पताललाई दुई सय बेड क्षमतामा विकास गरी बाहिरका बिरामी यहाँ आउने वातावरण वनाउन पहल गर्ने छौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै दाङकै स्वास्थ्यमन्त्री राजु खनालले मुख्यमन्त्री चौधरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमतामा विकास गर्नका लागि बारम्बार आग्रह गर्दै आएको हुँदा सोही अनुरुप आफुले मातहतलाई निर्देशन दिएको बताएका थिए ।

कार्यक्रमपछि मुख्यमन्त्री, चौधरी, अर्थमन्त्री मास्की र स्वास्थ्य मन्त्री खनालले अस्पतालमा उपचाररत बिरामीकहाँ पुगेर फलफूल वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?