© २०२३
बुटवल, १३ जेठ ।
रक्स म्युजिक प्रति रुची रहेका दर्शकहरुलाई लक्षित गरी शनिबार बुटवलमा म्यूजिकल कन्सर्ट ‘द ओरिजिनल्स’ गरिएको छ । रुपन्देहीका विभिन्न जिल्लाका ब्याण्डका सदस्यहरुको साझा फोरम तयार गरेर प्रत्येक वर्ष सागितिक कार्यक्रम गर्दै आएको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक वसन्त श्रेष्ठले बताए । ‘शनिबार सम्पन्न कन्सर्ट पाँचौं संस्करणको कार्यक्रम हो’–उनले भने । बुटवलको द कन्सेप्टमा दिउसो ३ बजेबाट शुरु भएको कार्यक्रममा अमाध्यम, द नेचर, सिन्थेसिस नेपाल, द नेचर, मनिस एण्ड फ्रे्न्डस्, प्रनिद एण्ड टिम व्याण्डले दुई दर्जन बढी आफनो प्रस्तुति दिएका थिए ।
सबै ब्याण्डहरुले आफनै रचनाहरु प्रस्तुत गरेको उनले बताए । रक म्युजिक पारखीहरुलाई मनोरन्जन दिने उद्देश्यका साथ साझा फोरम बनाएर आफुहरु अघि बढेको उनले बताए । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३ देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । सांगीतिक समूहको साझा फोरममा १ सय ५० भन्दा बढी सदस्य रहेका छन् । ‘पहिलेको वर्षमा हरेक पटक–फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको उनले बताए ।
कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए । पर्यटन प्रवद्र्धनमा रात्रीकालिन क्लबहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले स्वीकृत लिएको समयसम्म संचालन गर्न पाउनुपर्ने माग राखे ।
कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका सचिव÷फाउण्डर तथा कार्यक्रम संयोजक अनुप प्रधानले बताए ।