© २०२३
काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु हुन लागेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु हुन लागेको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो ।
बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ । त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा दोस्रो नम्बरमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्मालाई प्रतिवादी बनाइएको छ । तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकारलाई ६ नम्बरमा प्रतिवादी बनाइएको छ भने टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बिव पूर्व गृहसचिव टेक नारायण पाण्डेलाई ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी