ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

लैगिक समानताका लागि बालविकास जरुरी

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

बुटवल, ११ जेठ ।

लैंगिक समानता ल्याउनका लागि अब प्रारम्भिक बाल विकासलाई महत्व दिनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले बालविकासबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने भन्दै अबका दिनमा बाल विकासमा सबै क्षेत्रले लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

विहीबार बुटवलमा प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको बालबालिकाको सपना परियोजनाको साझेदारी, सेतो गुराँस बाल विकास सेवा केन्द्र रुपन्देहीको सहजीकरण, बुटवल उपमहानगरपालिका र सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय प्राराम्भिक बालविकास रणनीति निर्माणका लागि परामर्श गोष्ठीमा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् । सामाजिक विकास डिभिजनका दिवाकर भण्डारीले असल र सफल सन्तानका लागि सबैले प्रारम्भिक बालविकासमा जोड दिनुपर्ने बताए । त्यसका लागि सबै क्षेत्रले लगानी गर्दा पनि बालबालिकाको प्रराम्भिक चरणमा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको प्रारम्भिक चरण अत्यन्त महत्वपूर्ण हुने भएकाले आमा र परिवार दुवैको भूमिका महत्वपूर्ण रहेको भन्दै दैनिक जीवनमा लागु गर्न आग्रह गरिन् । उनले धेरै परिवार र आमाहरुलाई यो विषयमा जानकारी नभएका कारणले बालबालिकाको विकासमा बाधा पुग्ने गरेको बताए । उनले आगामी दिनमा बालबालिकाका मुद्दालाई प्राथमिकतामा राख्ने बताईन् ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्राविधिक सल्लाहकार किरण भण्डारीले प्रारम्भिक बालविकासको अवधारणा, महत्व र नेपालमा प्रारम्भिक बालविकासको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए । उनले हाम्रो देशमा बालबालिकाको लगानी सही समयमा हुन नसकेको भन्दै अबका दिनमा जवान युवालाई नभएर बालबालिकामा लगानी बढाएर बौद्धिक बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै सेतो गुराँस बालविकास केन्द्र रुपन्देहीका कार्यकारी प्रमुख सुमित्रा शर्माले अभिभावकले जस्तो व्यवहार ग¥यो बालबालिकामा त्यस्तै प्रभाव पर्ने भएकाले धेरै ख्याल गर्नुपर्नेमा जोड दिईन् । उनले बच्चा गर्भमा रहँदा नै उत्प्रेरणा र सिकाईका विषयमा मनोपरामर्श जरुरी रहेको जानकारी दिईन् ।

गोष्ठीमा समूहगत छलफलबाट निस्केका सुझावहरुलाई रणनीतिक योजनामा समावेश गरिने सेतो गुराँस बालविकास सेवा केन्द्र रुपन्देहीका परियोजना अधिकृत चिरञ्जीवि ज्ञवालीले बताए । प्रदेशस्तरीय प्रारम्भिक बालविकास रणनीति निर्माणका लागि भएको गोष्ठीमा विभिन्न विद्यालयका अध्यक्ष प्रधानाध्यापक, अभिभावक, बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख, कार्यपालिका सदस्य गरेर करिव ४० जनाको सहभगिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?