© २०२३
बुटवल, ९ जेठ ।
प्लस टु पछि अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुलाई लक्षित गरी बुटवलमा एक दिने आईएलटिएस र पिटिको वर्कसप संचालन गरिने भएको छ । रोयल एजुकेशनल फाउन्डेसनको आयोजनामा बुटवल सिद्धार्थ कटेजमा हुने वर्कसपमा बिट्रिस काउन्सिलको विवेक लिम्बू, पियर्सनका सुमन श्रेष्ठ र ईक्यानका बिष्णुहरि पाण्डे प्रतिनिधिका रुपमा सहजीकरण गर्ने छन् । एजुकेशनले अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र भारत अध्ययनमा जान चाहनेहरुका लागि सेवा दिदै आएको छ ।
बुटवलमा एक वर्ष अघि सेवा शुभारम्भ गरिएको शाखाबाट एक सय जना अध्ययनका लागि गएको संचालक कृष्णहरि पाण्डेले बताए । ईमिग्रेसन प्रणाली र अध्ययनसंगै वर्क परमिट सहज हुदा अष्ट्रेलिया र क्यानडा जाने विद्यार्थीहरुको संख्या बढिरहेको उनले बताए ।
युवाहरुलाई लक्षित गरी आईएलटिएस र पिटिको वर्कसप संचालन गर्न लागेको उनले बताए । रुपन्देहीका विभिन्न विद्यालयका प्लस टु दिएर बसेका ३ सय विद्यार्थी वर्कसपमा सहभागी हुने उनले बताए । आईएलटिएस र पिटिका बारेमा कसरी पढ्ने, कहाँ पढ्ने र उत्कृष्ट नतिजा ल्याउने उपायका बारेमा विषय विज्ञहरुबाट सहजीकरण गरिने उनले बताए । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कार्यालयको ईटहरी, बुटवलमा शाखा कार्यालय रहेको छ ।