ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

अखिल नेपाल किसान महासंघद्वारा तिलोत्तमामा ज्ञापनपत्र

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

तिलोत्तमा, ८ जेठ ।

अखिल नेपाल किसान महासंघ तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल समक्ष सो ज्ञापन पत्र बुझाइएको हो । नगर कमिटी अध्यक्ष टेक प्रसाद अर्यालको संयोजकत्वमा सो ज्ञापनपत्र बुझाइएको सचिव हिमलाल बस्यालले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले ज्ञापनपत्रमा उल्लेख भएका विषयमा नगरले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ज्ञापनपत्रमा आर्थिक वर्ष २०८०÷८१ मा कृषिलाई पहिलो प्राथमिकतामा राखी २० प्रतिशत बजेट छुट्याउनु पर्ने, पशु चौपायाका नश्ल सुधार, उन्नत जातका बीउबिजन वितरण गर्नुपर्ने, पशु हाटबजारको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी कृषि तथा पशुजन्य आन्तरिक उत्पादनको खपत गर्ने अनिवार्य जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भन्ने माग गरिएको छ । साथै चोरी पैठारीको पूर्ण अन्त्य गर्नुपर्ने, जसका लागि निरन्तर किसान प्रतिनिधिको बजार अनुगमन हुनुपर्नेमा माग गरिएको छ । कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि तथा पशुपंक्षी बजार, शीत भण्डार, बिउ भण्डार गृह, बीउ बैंक र कृषि पूर्वाधारहरूको निर्माण गर्नका लागि माग गरिएको छ ।

प्रंगारिक मल उत्पादन तथा उपयोगलाई प्रोत्साहन गरि बजेट विनियोजन गरिनुपर्ने , आर्थिक अनुदानलाई पारदर्शी रूपमा सञ्चालन गरिनुपर्ने , पशु आहारको गुणस्तर, मूल्य निर्धारण तथा पशु आहारमा व्यवस्था गर्न माग गरिएको लगायतका ३९ बुँदा सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा अध्यक्ष टेकराज अर्यालको संयोजकत्वमा सचिव हिमलाल बस्याल, महासंघ प्रदेश कमिटी सदस्य पुष्करनाथ पन्थ, नगर सदस्यहरू गिरीराज पन्थ, शोभा पाण्डे, राधा अधिकारी, कला न्यौपाने, रामप्रसाद सापकोटा, भगवती भुसाल, पदमा लम्साल, हुमा पाण्डे माधव पाण्डे लगायत किसानको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?