© २०२३
सल्यान, ८ जेठ ।
नुहाउने क्रममा शारदा नदिमा डुबेर सल्यान छत्रेश्वरीका एक युवकको मृत्यु भएको छ । सोमबार सिद्धकुमाख ३ स्थित शारदा नदिको दह भएको ठाउँमा डुबेर छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी २३ बर्षका गोविन्द कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रवक्ता गोपाल श्रेष्ठका अनुसार उनी शारदा नगरपालिका वडा नम्बर १४ तुसारेमा आफ्नै फूपू विमला घर्तीको घरमा पाहुना गएका थिए । सोमबार दिउँसो पौने चार बजेतिर ढोरचौर स्थित शारदा नदमिा आफ्नै भाई र फुपुको छोरीसँग नुहाउने क्रममा डुबेकोमा तत्काल स्थानीयहरुले देखेर पानीबाट बाहिर निकाली उपचारको लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो ।
दिउँसो साढे चार बजेको समयमा जिल्ला अस्पताल सल्यानमा पुयाई उपचार गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।