© २०२३
बुटवल, ६ जेठ ।
रोटरी क्लव अफ बुटवलले इन्ट-याक्टर तथा रोट-याक्टरहरुका लागि करियर विकास कार्यक्रम गरेको छ ।
दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट-याक्ट क्लव र ३ वटा रोट-याक्ट क्लव सहभागी थिए । जसमा इन्ट-याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट-याक्ट क्लव अफ होराईजन, इन्ट-याक्ट क्लव अफ क्यानन, इन्ट-याक्ट क्लव अफ पामिर, इन्ट-याक्ट क्लव अफ अक्सफोर्ड र इन्ट-याक्ट क्लव अफ कालिकाका इन्ट-याक्टरहरु सहभागी थिए । त्यस्तै रोट-याक्टर क्लव अफ बुटवल, रोट-याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोट-याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सहभागी थिए ।
सहभागी इन्या-क्ट तथा रोट-याक्टरहरुलाई वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजङ थापा, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले करियर विकासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पिया, उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव लालहरि पाण्डेलगायतले करियर विकास कार्यक्रमले इन्ट-याक्ट तथा रोट-याक्टरहरुको बौद्धिक क्षमताका साथै जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा इन्ट-याक्टर तथा रोट-याक्टर गरी १ सय ८० जनाको सहभागिता रहेको थियो । रोटरी क्लव अफ बुटवलले आफुनो १४ सय ६२ औं नियमित बैठकको अवसरमा करियर विकास कार्यक्रमको आयोजना गरेको हो ।