ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

स्कलर्शमा विद्यार्थी नेता चुन्न निर्वाचन

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाबारे ब्यवहारिक ज्ञान हुने गरी स्कलर्स होम सेकेण्डरी स्कुलमा विद्यार्थी प्रमुख छनौट निर्वाचन प्रक्रियाबाट गरिएको छ । विद्यालयको वर्ष २०८० का लागि कक्षा ६ देखि १० सम्मका २ जना विद्यार्थी प्रमुखमा छनौटमा १२ जनाको उम्मेदवारी भएपनि प्रजातान्त्रिक पद्धती अपनाएर सिकाई हुने गरी निर्वाचन मार्फत गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए ।

विद्यार्थीहरुलाई निर्वाचन बारे ज्ञान हुने गरी उनीहरु सहभागी रहेको उनले बताए । छात्रहरु सुरज यादव, सन्जय थापा, बिनित बगाले, हेम बहादुर बुढा, चेतन पन्त, सुदिप पराजुली तथा छात्रा समृद्धि बुढामगर, आकृति श्रेष्ठ, पवना कंडेल, स्वेस्ना थापा, प्रविना बस्नेत र कामना राना उम्मेद्वार रहेका छन् । प्रजातान्त्रिक पद्धतीमा एउटै पदमा दुईभन्दा बढी उम्मेदवार भएको खण्डमा निर्वाचन गराउँदै आएको छ । उनीहरु आफनो मतदान चिन्हबारे प्रचार गर्ने, मत माग्ने र मतदान गर्ने जस्ता ब्यावहारिक ज्ञान सिक्न सफल भएको उनले बताए ।

निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ६ जना छात्र र ६ जना छात्रा गरी १२ जना विद्यार्थी प्रमुखको उम्मेद्वारी रहेको छन् । निर्वाचनमा बहुमत ल्याउने १ छात्र र १ छात्रा विजेता घोषित गरिने विद्यालयका प्रशासन प्रमुख राजु भण्डारीले बताए । निर्वाचनमा विद्यार्थी प्रमुखहरुले कलम, टाई, ग्लोब्स, किताब, स्केल, घडी चुनाव चिन्ह लिएर चुनाव प्रचार समेत गरे ।

आईतबार निर्वाचनको परिणाम सुनाईने र उपविजेताहरुलाई समेत भूमिका प्रदान गरिने उनले बताए । मतदानको क्रममा हुने विभिन्न प्रकिया, मतदान, मतपत्र, मतपेटिका, मत सदर÷बदर हुने अवस्था, चुनाव प्रचार, विजेता, मतदान अधिकृत जस्ता विषयमा समेत उनिहरु ज्ञान लिएका छन् । विद्यालयमा रातो, निलो, हरियो र पहेलो गरी ४ वटा सदनहरुमा क्याप्टेन र सहायक क्याप्टेन भोटकै आधारमा जिम्मेवारी दिईने उनले बताए । प्रमुख निर्वाचन आयुक्त मुनुकान्त क्षेत्रीले निर्वाचन प्रक्रिया, प्रणालीबारे प्रकाश पार्दै मतदान अधिकारका बारेमा जानकारी गराए ।

एक कार्यक्रमका बीच कार्यक्रमको शुभारम्भ गर्दै विद्यालयहरुमा शैक्षिक बाहेक अन्य धेरै गतिविधिहरु गरिदा विद्यार्थीहरुमा सिकाई विकास भएको प्राचार्य बन्जाडेले बताए । यो एउटा विधिको शासन सिकाई गर्ने रुपमा कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा बुटवल बसपार्कका बिटका प्रहरी प्रमुख असाई मान बहादुर नेपालीले आवश्यक सुरक्षा ब्यवस्थापनमा सहयोग गरेको विद्यालयका सहायक प्राचार्य टिकाराम गौतमले बताए ।
निर्वाचन प्रक्रियामा ३ सय बढी विद्यार्थीहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?