ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

आठौं दिन साइक्लिष्ट बर्मा बुटवलमा

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

महाकाली –मेची साईकल यात्रामार्फत क्यान्सर बिरुद्ध अभियान थालेका तिलोत्तमाका एचबि वर्मा बिहिबार बुटवल आईपुगेका छन् । बैशाख २८ गते नेपाल–भारत सिमा गड्डाचौकी नाकाको महेन्द्रनगरबाट यात्रा शुरु गरेका उनी आठौ दिन बुटवल आईपुगेका हुन् । बर्मालाई रुपन्देही साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, सिद्धार्थ कटेज रेष्टुरेन्टका शाखा प्रमुख केशवराज बश्याल, मेन सेफ केशव अर्याल, एचआर म्यानेजर खगेन्द्र अधिकारी, फाईनान्स म्यानेजर पारिश्वर भण्डारी, हाउस किपिङ ईन्चार्ज कृष्ण तिवारी, बुटवल युनाईटेड साईक्लिङ क्लवका सचिव राजु तिवारी, सदस्य रविलाल सुवेदीले खादा, अबिर लगाएर स्वागत गरे । बर्मा कंन्चलपुरको बेलौरी, टिकापुरको कैलाली, नेपालगंज, अघैया, भालुवाङ, चन्द्रौटा, कृष्णनगर, हुँदै आठौ दिन बुटवलमा आईपुगेका हुन् ।

उनलाई सैनामैना नगरपालिकाबाट फरक क्षमता भएका कृष्ण क्षेत्रीले बुटवलसम्म साथ दिए । क्षेत्रीको जन्मजात शरिरको एउटा भाग चल्दैन तर पनि उनी निरन्तर साईकल चलाउँछन् । बर्माले यात्रा निक्कै उत्साहपूर्ण र उपलब्धिपूर्ण भएको बताए । आफुले सोचेभन्दा पनि धेरै सहयोग र साथीभाईहरु भेट्दै ठाउँठाउँमा स्वस्थ्यसंग साईकलको महत्व र क्यान्सर बारे सचेतना दिएको बताए । शुक्रबार बिहान उनी भैरहवा हुँदै नवलपरासी हिंड्ने बताए । ‘अब ८ दिनमा यात्रा पूरा हुन्छ’– उनले भने ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले साईकल साहसिक खेलसंगै नेपाली पर्यटन उद्योगलाई टेवा दिनसक्ने रुपमा रहेको बताए । क्यान्सर सचेतना अभियानमा आफ्नो संस्थागत सहयोग गर्न पाउँदा निकै आभारी भएको समेत बताए । यात्रालाई सैनामैना साईकल साथीबाट जर्सी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबाट आफनो शाखाहरुमा आतिथ्यता सौजन्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?