© २०२३
बुटवल, ३ जेठ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बुटवल टुडे अनलाईनमा जेठ २ गते प्रकाशित साचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
न्युज बुटवल टुडेले जेठ २ गते “अख्तियार बुटवलका प्रमुख पाण्डे र पाल्हीनन्दन अध्यक्ष गुप्ताविरुद्ध छानवीन गर्न उजुरी” शीर्षकको समाचार प्रकाशन गरेको थियो । गाउँपालिका अध्यक्ष गुप्ताले बुधबार विज्ञप्ती जारी गर्दै उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
प्रकाशित समाचारमा पाल्हीनन्दन गाउँपालिका अध्यक्षले गैरकानुनी सिफारिश दिएको, करोडौं रुपियाँ हिनामिना गरेको, अख्तियारलाई प्रभावमा पारेको जस्ता विषय अनर्गल भएको गुप्ताले दावी गरेका छन् ।
अख्तियार प्रमुख पाण्डेयले पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध परेको आर्थिक अनियमितता र गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको अपुताली जग्गाका सम्बन्धमा परेको मुद्दाको छानवीन नगरेको आरोप लगाउँदै उजुरी परेको विषयमा न्युज बुटवल टुडेले समाचार प्रकाशित गरेको थियो ।
उजुरीका आधारमा मात्र समाचार प्रकाशित गर्दा त्यही नै सत्य नहुने गुप्ताले विज्ञप्तमिा उल्लेख गरेका छन् । उनले विज्ञप्तीमा आफूले गलत गरेको भए सत्यतथ्य पत्ता लगाई कानुनी दायरमा आउन तयार रहेको समेत बताएका छन् ।