© २०२३
बुटवल, ३ जेठ ।
नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० ओै स्मृति दिवसमा रूपन्देही जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले माविस्तरमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । गणतान्त्रिक आन्दोलनमा जीवराज आश्रितको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कालिका मानवज्ञान माविकी छात्रा करिना खनाल प्रथम भएकी छिन् ।
प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी विदुषी गौतम दोस्रो र नविन औद्योगिक कद्दरबहादुर रिता माविकी सुजाता शाक्य तेस्रो भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वक्ताहरुले जीवराज आश्रितको ब्यक्तित्व र कृतित्वको रक्षा गर्दै आश्रितको जीवनशैलीलाई नयाँ पुस्तामा पुर्याउनुपर्नेमा जोड दिए ।
वक्ताहरुले वामपन्थी राजनितिक दलहरुले आफ्नो आफ्नो धरातल भुल्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले समाज परिवर्तनका लागि संघर्ष गरेका नेताहरुले पनि इमान्दारीपूर्वक काम नगरेको आरोप लगाए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष युवराज घिमिरेले जीवराज आश्रितको संगठन शैली र सादापन सिक्नुपर्ने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक देवेन्द्र घिमिरेले समाज परिवर्तनका लागि के गर्नु पर्छ भन्ने कुरा स्वर्गीय जिवराज आश्रितबाट सवैले शिक्षा लिनुपर्ने बताए ।
उनले जीवराज आश्रितले जनताका निम्ति गरेका योगदानको कदर गर्न पनि आग्रह गरे । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक देवेन्द्र घिमिरेले समाज भित्रका परिवर्तनका लागि के गर्नु पर्छ भन्ने कुरा स्वर्गीय जीवराज आश्रितबाट सवैले शिक्षा लिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता नेत्रप्रसाद पन्थी, एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, डाक्टर मुरारी पराजुली, प्रा. डा. ऋषिराम आचार्य, साहित्यकार रमेश हरि ढकाल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष उमाकान्त बस्याल, सल्लाकार कृष्णप्रसाद पाण्डे, प्रतिष्ठान महासचिव कल्पना थापा, संस्थाका उपाध्यक्ष ऋषिराम पाण्डे लगायतले वक्तृत्वकला प्रतियोगिताले जीवराज आश्रितको जीवनशैली र योगदान नयाँ पुस्तामा पुग्ने आशा ब्यक्त गरेका थिए ।