© २०२३
बुटवल, २ जेठ ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको २२ औ चार्टर नाईट सोमबार सम्पन्न भएको छ । क्लबको स्थापना दिवसको अवसरमा खैरनीस्थित श्री शान्तिप्रिया आधारभुत विद्यालयमा ५ थान कम्युटर र अपाङ्गता भएका दुई जनालाई ह्विलचेयर वितरण गरी मनाईएको हो ।
कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का एजी प्रेम भुर्तेलले क्लबको जन्म दिवसलाई भब्य र सामाजिक कार्य गरी नया ढंगबाट मनाउने प्रचलन उदाहरणीय भएको बताए । क्लबका संस्थापकहरुको स्मरण हुने गरी नामावलीलाई भवनमा राख्न सुझाव दिदै उनले चार्टर नाईटलाई नया र नौलो रुपमा मनाउने पहिचान गराउन सुझाव दिए । समुदायमा गर्दै आएको नमुना कामकै कारण डिष्ट्रिकमा क्लबको पहिचान बनाउन सफल भएको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले डिष्ट्रिक ग्राण्डबाट सामुदायिक विद्यालयलाई कम्प्युटर तथा क्लबबाट अपाङ्गता भएका दुईजनालाई ह्वीलचेयर वितरण गरिएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक कार्ययोजना बनाएर रचनात्मक काम गर्दै आएको उनले बताए । रोटरी क्लबप्रति आम नागरिकको धारणालाई परिवर्तन हुने गरी कार्यक्रम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा संस्थापक सदस्य ऋषि बहादुर भण्डारी, पुर्व अध्यक्ष मान बहादुर बिक, भिमराज श्रेष्ठ, रबिलाल पोखरेल, राजेन्द्र ढकाल, पिताम्बर ज्ञवाली, पंकज ज्ञवाली, जीवन कक्षपति, संयोजक नर बहादुर श्रीषले क्लब स्थापना गर्दा योगदान दिने चार्टर सदस्यहरुलाई सम्झने र सम्मान गर्ने रुपमा दिवसलाई आगामी वर्षहरुमा लैजान सुझाव दिए ।