© २०२३
काठमाडौँ ।
पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेले संसद बैठकलाई दिएका छन्।
सोमबार बसेको संसद बैठकमा गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको व्यहोरासहित जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको पत्र सभामुख घिमिरेले पढेर सुनाएका हुन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए।
तर उनी फरार भएको ११ दिनपछि काठमाडौंबाटै पक्राउ परेका थिए। उनलाई प्रहरीले सोमबारै जिल्ला अदालत काठमाडौंमा पेश गरेर तीन दिनको म्याद लिइसकेको छ। अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिसकेको छ।
घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को दफा २४८ उपदफा १ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम प्रतिनिधिसभाका सदस्य रायमाझी पक्राउ परेको सूचना संसद बैठकमा दिएका हुन्।
यसअघि गत वैशाख २७ गते नेकपा एमालेले उनलाई पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।
यो प्रकरणमा टोपबहादुरका छोरा सन्दीप गत वैशाख २० गते नै बुटवलबाट पक्राउ परेका थिए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी