© २०२३
सल्यान, १ जेठ ।
सल्यानको आम्रामा सवारी दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ अम्रामा सोमबार बिहान मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्रक र मोरसाइकल ठोकिदा मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका बालुवासंग्रहीका २१ वर्षीय सौरब शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जनाए । उनका अनुसार घाइतेको अनुहार, हात खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर छ ।
घाइते शाहीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ३९१९ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको भे १२ प ९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी