ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

बुटवलमा नक्कली मह बनाउने कारखाना : ७ भारतीय पक्राउ, आधा दर्जन फरार

३१ बैशाख २०८०, आइतबार
३१ बैशाख २०८०, आइतबार

बुटवल, ३१ वैशाख ।

बुटवलमा नक्कली मह बनाउने कारखाना फेला परेको छ । स्थानीय बासिन्दा र प्रहरीले कारखानामा छापा मार्दा नक्कली कारखाना सञ्चालन भएको पुष्टि भएको हो । त्यहाँबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ समेत गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर उनीहरूले नक्कली महको कारखाना खोलेका थिए ।

सोही वडाका वडा सदस्य नकुल शाहीका अनुसार ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राती ४ घण्टा प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर पक्राउ गरिएको हो ।

‘हामीले यसरी उपभोक्तामाथि गम्भीर खेलबाड गर्दै नक्कली मह उत्पादन गर्ने कारखाना खोलेको सूचना पाएका थियौँ, तर उनीहरूले गोप्यरुपमा सामान ल्याउने र तयारी गरेर प्याकिङ गरेर बेच्न लैजाने गरिरहेका थिए, शनिवार राती देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेको कमाण्डमा मसहित स्थानीयले ४ घण्टा गस्ती गरेर उनीहरूले प्रयोग गरेका ४ वटा घरबाट सबै सामानसहित पक्राउ गर्न सफल भइयो’, उनले भने ।

पक्राउ परेका व्यापारीलाई राती १ बजे वडा प्रहरी कार्यालय रामनगर लगेर छाडिएको छ । सिर्जनानगरका ७ वटा घरमा सञ्चालन गरिएको यस्तो कारखानाबाट नक्कली मह बरामद गरिएको हो । बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार पारी बिक्री गरिएको हुन सक्ने आशंका गर्दै वडा सदस्य शाहीले थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई आग्रह गरे ।

उनीहरूले मौरीका सडे गलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको शाहीले बताए ।

‘सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पु¥याएर प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियो’, शाहीले भने ।

बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

टोलीले गस्तीका क्रममा अवैध रूपमा नक्कली मह उत्पादन गरी विक्री गर्ने गरेको भेटेपछि खानतलासी गर्ने क्रममा ४ क्विन्टल बढी नक्कली मह फेला परेको थियो ।

आइतबार बिहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ भने सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा वीरबहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह बरामद भएको हो ।

उनीहरूको घरमा भारतीय नागरिकहरू भाडामा बसेर मह उत्पादन गर्दै आएका थिए । प्रहरीले खानतलासी गर्ने सूचना पाएपछि शनिवार राती नै घरमा ताला लगाएर नक्कली मह बनाउने भारतीय नागरिकहरू फरार रहेको देविनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए ।

वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने र बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमुना पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?