© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्र्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।