ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

सीप सिकाएर महिलालाई स्वरोजगार बनाउँदै तिलोत्तमा

३० बैशाख २०८०, शनिबार
३० बैशाख २०८०, शनिबार

बुटवल, ३० वैशाख ।

तिलोत्तमा नगरपालिका वडा नं. ९ निवासी कमला वस्याल विगत ४ वर्ष देखि लगातार फेसनमा आएका नयाँ डिजाइनका कपडाहरू सिलाउँदै आएकी छन् । टेलरिङ्ग सेन्टर व्यवसाय सन्चालन गर्दै आईरहेकी कमलाले वडा नं ९ का स्थानीयलाई फेसनअनुसार सिलाएका कपडाहरूले सन्तुष्ट पारिरहेकी उनी राम्रो फेसन डिजाइनर बनी यस क्षेत्रमा अझै राम्रो काम गर्ने सोच बनाएको बताउँछिन् ।

आत्मनिर्भर बनी आफ्नो सीपमा अझै निखारता ल्याउन र व्यवसायलाई अघि बढाउन हाल सन्चालन भईरहेको महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने एड्भान्स फेसन डिजाईनर तालिम लिईरहेको उनी बताउँछिन् । महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत विभिन्न सिपमुलक तालिम लिएका तिलोत्तमा नगरपालिकाका अधिकांश महिलाहरु आत्मनिर्भर र स्वरोजगार बनिरहेका छन् । महिलाका हक, अधिकार, क्षमता, सशक्तिकरण, दक्षता , सामाजिक सुरक्षा, चेतना अभिवृद्धि गरी रोजगारी समेत दिन सफल भएका छन् भने कतिपय महिलाहरुले आफ्नै व्यवसाय सञ्चालन गरी आर्थिक आम्दानी समेत गरिरहेका छन् । महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७८÷२०७९ मा १० जना एकल महिलालाई ढाकाको तालबाट हस्तकला सामग्री बनाउने तालिम, रू ५ लाख बजेटको २८ जनालाई रेशमको धागो तथा क्रिष्टलको चुरा माला बनाउने तालिम, ६५ जना महिलालाई थाकलको झोला बनाउने तालिम, ४४ जना महिलालाई जुत्ता चप्पल बनाउने तालिम दिईएको तिलोत्तमा नगरपालिकाका सामाजिक शाखा अधिकृत विनोद ज्ञवालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷०७९ मा नै रू ४६ हजार बजेटको ३३ जना महिलालाई २१ दिने जुत्ता चप्पल एड्भान्स तालिम, त्यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. ५ का ३६ जना महिलाहरुलाई व्यूटिपार्लर सम्बन्धी तालिम, वडा नं. ९ का २० जना महिलाहरुलाई मन्टेश्वरी सम्बन्धी तालिम दिईएको र वडा नं. १० का ३० महिलाहरुलाई सिलाईकटाई सम्बन्धी तालिम दिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा जम्मा २०० जना महिलाहरुलाई महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तालिम प्रदान गरेको जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० मा १८ जना महिलालाई डल, कुसन तथा चुरा माला बनाउने तालिम दिइएको, वडा नं. ६ मा ५२ जना महिलालाई मन्टेश्वरी सम्बन्धी तालिम प्रदान गरिएको उनले बताए । २०७९ चैत २१ गतेदेखि तिलोत्तमा नगरपालिका वडा नं. ९ मा फेशन डिजाइनर सम्बन्धी ३ महिने सिपमुलक तालिम सञ्चालन गरिएको छ । सो तालिममा ३० जना व्यवसाय गरिरहेका महिला, १४ जना रोजगारी दिएका महिला र २ जना तालिम लिएपछि व्यवसाय सुरु गर्ने महिला गरी जम्मा ५६ जना महिलाको सहभागिता रहेको छ । हालसम्म जम्मा ३२६ जना महिलालाई तालिम दिएको तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताईन् ।

फेसन डिजाइनर सम्बन्धी सिपमुलक तालिम प्रदान गरी स्वरोजगार तथा व्यवसायी महिलाहरुको व्यवसाय उकास्न हौसला दिने र थप आत्मनिर्भर बनाई महिलाको आर्थिक आम्दानीमा समेत वृद्धि गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाई सभ्य र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको तिलोत्तमा नगरपालिकाका उपप्रमुख चौधरीले बताईन् । “रोजगार नभएका, आर्थिक अवस्था कमजोर भएका, बीचमै अध्ययन छोड्नुपरेका, एकल महिला, समुदायका पिछडिएका महिलाहरुको जीवन उकास्ने उद्देश्यले महिला तथा उपप्रमुख कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्था मार्फत तालिम सञ्चालन गर्दै आएको र फलस्वरूप तिलोत्तमा नगरपालिकाका स्थानीय महिलाहरु पनि रोजगार तथा स्वरोजगार भएका छन्”–उनले भनिन् ।

हातमा भएको सीप सबैभन्दा महत्वपूर्ण भएकोले स्थानीय सरकार तिलोत्तमाका स्थानीय महिलाहरूको सीप, क्षमता बढाउँदै आत्मनिर्भरताको बाटोमा अग्रसर गराउन र उनीहरुको सबलीकरण गर्न महिला सँग उपप्रमुख कार्यक्रममा केन्द्रित रहेको उनले बताईन् । चैत २१‌ गतेदेखि सुरु गरिएको तालिमको उदघाटनका क्रममा आगामी दिनमा अझै महिलाको आर्थिक आम्दानी हुने यस्ता सिपमुलक तालिममा नगरका महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने तिलोत्तमा वडा नं. ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले बताए ।

उनले तालिममा सहभागी महिलाहरुलाई तालिममा सिकेका सीपलाई आफ्नो व्यावहारिक जीवनमा समेत उपयोग गर्न र दैनिक जीवन सहज बनाउन सक्ने गरी फेसन डिजाइनर बनेर देखाउन समेत आग्रह गरे । सञ्चालन भईरहेको सिपमुलक तालिमको प्रशिक्षक नम्रता पचभैया मगर र आरती थापाले सहजिकरण गरिरहेका छन् । यो कार्यक्रम अन्तर्गत तालिम लिएर आत्मनिर्भर बन्न हाल आफ्नै व्यवसाय सञ्चालन गरिरहेको, स्वरोजगार बनेको तथा तालिममा सिकेको सीपबाट आफू दक्ष भएको र आफूले गर्ने काम गर्न सक्षम समेत भएको तिलोत्तमा ९ निवासी कल्पना भण्डारीले बताईन् । तिलोत्तमा नगरपालिका महिलाहरुलाई तालिमका माध्यमबाट सिप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाएर एउटा उदाहरणीय नमूना नगरपालिका बनेको छ । अन्य नगरपालिकाले पनि यस्तै सिपमूलक तालिम प्रदान गरी आ–आफ्नो नगरका महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाएर आर्थिक आम्दानी पनि वृद्धि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?