Butwal Today

पत्रकार शर्मा सम्मानित

२५ बैशाख २०८०, सोमबार
अ+
अ-

बुटवल, २५ वैशाख ।

रुपन्देही पुल तथा स्नुकर संघले स्नुकर खेलको विकासमा लामो समयदेखि योगदान गरेको भन्दै न्युज बुटवल टुडेका उपसम्पादक टिआर शर्मालाई सम्मान गरेको छ ।

संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकार शर्माले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारासहित वि.सं. २०६८ सालमा स्थापना भएको संघको सोमबार बुटवलमा साधारणसभा तथा अधिवेशन गरिएको हो । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शर्मालाई सम्मान गरेका हुन् ।