ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने
रुपन्देही पुल तथा स्नुकर संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन

सुजन पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन

२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल, २५ वैशाख ।

रुपन्देही पुल तथा स्नुकर संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन
बुटवलमा सम्पन्न भएको छ । स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारासहित वि.स २०६८ सालमा स्थापना भएको संघको सोमबार बुटवलमा औपचारिक कार्यक्रमको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गर्दै स्नुकर खेलको विकासमा आफ्नो साथ सहयोग रहने प्रतिवद्घता जनाए ।

संस्थागत रुपमा ऐन नियममा रहेर काम गर्न सके प्रतियोगिता गर्न सहज हुने उनले बताए । खेलकुद भनेको वैकल्पिक विधा नभई यो अनिवार्य भएको दाबी गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउने फराकिलो दायरा भएको विधामा सबै एक हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले खेललाई चलायनमान गराउने जिम्मेवारी नेतृत्वको हुने भन्दै सही र सक्षम नेतृत्व आउनुपर्ने बताए । नियमित बैठक, छलफल, प्रतियोगिता गरिदा त्यसले संस्था चलायमान बन्ने उनले दाबी गरे । नया नेतृत्व स्नकुर खेलको विकास, पुर्वाधार विकास र खेलाडी प्रशिक्षणको कामलाई अघि बढाउन उनले सुझाव दिए । प्रतिभावान युवा खेलाडीहरुलाई प्लेटफर्म दिने काम प्रतियोगिता महत्वपुर्ण हुने उनले बताए । खेल विकासमा सरकारसंग बजेट माग गर्न सके प्राप्त हुने भन्दै उनले कागजी प्रक्रियालाई समेत ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा संघका संरक्षक सोभित दर्लामी, वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्य, सल्लाहकार राजु गुरुङ, दुर्गा थापा, सुरज मकाजु, प्रमोद थापा, हेम पुन, शिशिर गुरुङ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, प्रेस सल्लाहकार टोपराज शर्मा, दिपक न्यौपाने, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन, संघका सचिव शिव राना, संघमा उपाध्यक्ष सुजन पुन, बबिन थापा, कोषाध्यक्ष गोपालले स्नुकर खेलप्रतिको आकर्षण बढ्दै गर्दा यहाँ रहेका नया नेतृत्वबाट सबैलाई समेट्न जरुरी रहेको बताए ।
कार्यक्रममा संघमा अध्यक्ष गजेन्द्रमान श्रेष्ठले नेतृत्व लिएसंगै कोभिड संक्रमण र आर्थिक संकटबाट देश समस्यामा परेको समयमा पनि विभिन्न प्रतियोगिताहरु गर्न सफल भएको बताए । खेलाडीहरुलाइ सहयोग, विभिन्न प्रतियोगिताहरु आयोजना गरेर स्नुकर खेल विकासमा थोरै भएपनि योगदान दिन सफल भएको उनले बताए ।

रुपन्देही पुल तथा स्नुकर संघको पाचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुजन पुनको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएका छन । जसको प्रथम उपाध्यक्ष बासु प्रधान, द्वितिय उपाध्यक्ष नबिन गुरुङ, महासचिव शंकर खड्का, सचिव प्रकाश क्षेत्री, कोषाध्यक्ष अमिन थापा तथा सदस्यहरुमा बिशाल काउचा, सरोज केसी, रमेश रोका, सन्जु बस्नेत, जोसनमान गौचन, बिजय गुरुङ, साराङ राना, समुन्द्र अमात्य, प्रदिप बिक निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?