ट्रेंडिंग:

>> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु

परिवर्तनका लागि महिला आन्दोलन जरुरी

२४ बैशाख २०८०, आइतबार
२४ बैशाख २०८०, आइतबार

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सबै नागरिकको समान विकासविना लक्ष्य पुरा हुन नसक्ने बताएका छन् । उनले समाज रुपान्तरणका लागि पछि परेको समुदायलाई विशोष अधिकार दिएर भए पनि समान बनाउने काम गरेको भन्दै त्यसका लागि महिला आन्दोलन निरन्तर हुनु पर्नेमा जोड दिए । आईतबारबाट बुटवलमा शुरु भएको दिगो विकासका लागि महिला नेतृत्व न्याय, समानता, पर्यावरणीय अधिकारको सुनिश्चितता, सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता भन्ने नारा सहित महिलावादी मञ्च २०८० कार्यक्रममा बोल्दै गिरीले यस्तो बताएका हन् ।

कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले पदमा पुगेका महिलाहरुले सामाजिक रुपान्तरणको जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिईन् । राज्यले बनाउने नीति नियममा महिलाको पहुँच पुग्न नसक्नु दुःखद पाटो भएको भन्दै जब सम्म महिलाले आफैले बनाएका योजनामा चल्न पाउँदैनन् तब सम्म समाज रुपान्तरण हुन नसक्ने उनको भनाई छ । महिलाले अनौपचारिक क्षेत्रमा गरेको काम न्यूनतम ज्यालाभित्र नआउँदा सम्म आर्थिक रुपमा परिवर्तन संभव नभएको बताईन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरे, महिला मानव अधिकार रक्षक सञ्जालका हेमा न्यौपाने, ओरेकका केन्द्रीय सल्लाहकार भूमिका श्रेष्ठ, किशोरी अधिकार मञ्च रुपन्देहीका कोषाध्यक्ष शालिनी मिश्रा लगायतले बोलेका थिए । दुईदिन सम्म चल्ने कार्यक्रममा शरीर मेरो नियन्त्रण कसको, संक्रमणकालीन न्याय चुनौतीहरु र रुपान्तरित नेतृत्वका सवाल विषयमा छलफल हुनेछ । कार्यक्रममा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा. रेणु अधिकारी, रेडियो लुम्बिनीका प्रमुख मिनाक्षी न्यौपानेले सहजीकरण गर्नेछन् । कार्यक्रममा लुम्बिनी प्रदेशका महिला उपमेयर, उपाध्यक्ष, अगुवा महिलाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?