© २०२३
बुटवल, २३ वैशाख ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रविधिसँग महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । कम्प्युटर एशोसिएशन अफ नेपाल .क्यान) महासंघले आयोजना गरेको विद्युतीय वित्तीय सेवाको प्रयोगमा महिलाको पहुँच विषयक कार्यक्रममा उनीहरुले अवका दिनमा प्रविधिलाई पछ्याउँदै जानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीेले महिलाहरु अब सौन्दर्य र सिलाई कटाई मात्र नभएर अबका दिनमा प्रविधिसंग जोडिएर कार्यक्रम माग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका लागि कार्यक्रम माग गर्ने नभई तालिम सिकेपछि त्यसले महिलाहरुको जीवनमा सकारात्मक र आर्थिक प्रगति सहितको परिवर्तन आउनु पर्ने उनले बताइन् ।
क्यानका निवर्तमान केन्द्रीय अध्यक्ष नवराज कुंवरले समयको मागसंगै प्रविधि संग जोडिनु आवश्यक रहेको बताउँदै क्यानले सूचना प्रविधिको क्षेत्रमा विस्तृत रुपमा काम गर्दै आएको बताए ।
करिब १२० महिला सहभागिता रहेको साक्षरता कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवका प्रमुख अपरेटिङ अफिसर नम्रता थापा, क्यान महासंघ केन्द्रीय उपाध्यक्ष खुसल रेग्मी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलका डिजिटल बैंक अफिसर नारायण न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, सह सचिव कमला बस्नेतले पनि आफ्नो धारणा राखेका थिए ।