© २०२३
बुटवल, १९ बैशाख ।
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्वारा सातौ स्थापना दिवसको अवसरमा साविक बलेटक्सार गाविस (हाल रुरुक्षेत्र ४) का विभिन्न स्थानमा निःशुल्क दाँत तथा मुख रोग सम्बन्धी घुम्ति शिविर संचालन गरिएको छ । उक्त घुम्ति शिविर साविक वडा नं. १, २, ३ को लागि बम्धा आधारभुत विद्यालय चौतारा, वडा नं. ९ को लागि झमादी लामाखर्क प्रावि लामाखर्क, वडा ६, ७ को लागि श्रृङ्गेश्वर तपोभूमि प्रावि मुसिडाँडा र साविक ४, ५, ८ को लागि ज्ञवाली बलेटक्सार मावि बलेटक्सारमा सञ्चालन गरी २ सय ५८ जना विरामीको उपचार गरेको थियो । न्यू आधुनिक समाज डेन्टल प्रालिको प्रविधिक सहयोगमा संचालन भएको कार्यक्रम सयोजक बुद्धी ज्ञवालीले बताए ।
साविक बलेटक्सार गाविसका अध्यक्ष चक्रपाणी गौतमले सम्पर्क समाजले हरेक बर्ष केही न केही नयाँ काम गरेर आफ्नो जन्म भूमिलाई सधै यादगार गरेको भनेर प्रशसा गरेका थिए । सो कार्यक्रमा सविक बलेटक्सार गाविस अध्यक्ष देवनारायण ज्ञवाली, संस्थाका अध्यक्ष विर बहादुर क्षेत्रीले सधै सेवामूलक कार्यक्रम गर्दै आइरहेको र समाजले अब विभिन्न पेशा ब्यवसायी गर्ने बलेटक्सार बाहिर रहेका युवा तथा अन्य ब्यक्तित्वहरुको सहकार्यमा छिट्टै बलेटक्सारमा यहाँका स्थानीयलाई रोजगारी नै श्रृजना गर्न सक्ने खालको विशेष कार्यक्रम लिएर आउने बचनवद्धता गरेका थिए ।
शिविरमा निवर्तमान अध्यक्ष देव थापा, वरिष्ठ उपाध्यक्ष कपिल ज्ञवाली, सल्लाहकार यज्ञ प्रसाद ज्ञवाली, सहसचिव गिरिराज पन्त, कोषाध्यक्ष चिरञ्जीवी ज्ञवाली, सदस्यहरु जिवन ज्ञवाली, रामु केसी तथा बलेटक्सार सम्पर्क ब्यक्ति मुक्ति श्रेष्ठ लगायतले बोलेका थिए । त्यस्तै सामाजले सोमबार स्थपना दिवस होटल टुलिप ड्राइभर टोलमा बिभिन्न कार्यक्रम गरी मनायएको थियो ।