© २०२३
चन्द्रौटा(कपिलवस्तु), १६ बैशाख ।
प्रेस चौतारी नेपाल शिवराज नगर समितिमा दीपक खड्का चयन भएका छन् । शिवराज नगरपालिका –५, चन्द्रौटामा शनिबार भएको प्रथम भेलाले खड्काको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।
जसको उपाध्यक्षमा सचिता गौतम, सचिव अर्जुन बेल्वासे, कोषाध्यक्ष अनुप पन्थी, सदस्य केशव बेल्वासे, रोशन थारु र सरस्वती (सरु) चालिसे लगायत चयन भएका छन ।
भेलामा प्रेस चौतारी नेपाल प्रदेश सदस्य सरद अधिकारी, जिल्ला अध्यक्ष जानु पाण्डे, नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष गिता पौडेल, सचिव गहतराज लगायतले नव निर्वाचित चौतारीको समितिलाई बधाईसहित सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
यस्तै प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिको अध्यक्षमा हरि आचार्य, उपाध्यक्षमा दिपिका सुनार, सचिवमा सीता बेल्बासे, कोषाध्यक्षमा पवनराज पाण्डे, सदस्यमा अस्मिता भुसाल, निलम परियार, गिता थापा र निलम खनाल चयन भएको प्रेस चौतारी नेपालले जनाएको छ ।