© २०२३
बुटवल, १० बैशाख
लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि को प्रथम ऐतिहासिक वार्षिक डिष्ट्रिक कन्भेन्सनमा सेकेन्ड भाईस डिस्ट्रिक गभर्नर पदमा बालाराम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन। आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारीको घोषणा गरे। आफ्नो क्षमताअनुसार थोरै थोरै सहयोग जुटाएर संस्थागत रुपमा समाज रुपान्तरण गर्ने अभियान लायन्स क्लब सफल भएको उनले बताए। उनी लायन्स क्लब अफ रुपन्देहीका पुर्व अध्यक्ष तथा ३२५ पि का को चिफ एडभाईडर रहेका छन। सेकेण्ड स्टार डायमण्डसम्म योगदान दिएका छन। वर्ष २०२३/२४ का लागि सेकेन्ड भाईस डिस्ट्रिक गभर्नर पदमा बालाराम भट्टराईले उम्मेदवारी घोषणा गर्दै डिष्ट्रिकलाई नमुना बढाउने दाबी गरे। आफु निर्वाचित भए डिष्ट्रिकको योजनाबद्ध विकाससंगै यस अन्तरगतका क्लबहरुको क्षमता विकास, समाज परिवर्तनमा योगदानबारे सहयोगमा लाग्ने बताए। आफुले ६५ प्रतिशतभन्दा माथि भोट पाउने दाबी गरे। उनको प्रतिस्प्रधी काठमाडौबाट कुश मल्ली उम्मेदवार रहेका छन। सामाजिक सेवामा अग्रसर रहेका उनी दुई दर्जनभन्दा बढि संस्थामा छन। ब्यक्तिगत र पेशागत विकास संस्थाको महत्वपूर्ण आधार भएको भन्दै यसमा रहेर त्यसै अनुसारको योगदान गर्ने प्रतिवद्घता उनले बताए। स्वस्थ्य, शिक्षा, पर्यटन, पर्यावरण जस्ता क्षेत्रमा लाग्ने उनले बताए। लायन्समार्फत अस्पताल खोल्ने समेत तयारी रहेको उनले बताए।
कार्यक्रममा क्लबमा सल्लाहकार सुर्य बहादुर भट्टराई, निवर्तमान अध्यक्ष रामप्रसाद पौडेल, पुर्व अध्यक्ष बसन्तराज खनालले शुभकामना दिए।
कार्यक्रममा एरिया ४ का सेक्रेटरी मुकुन्द ज्ञवालीले जीवन बताउदै
उनी २००८ मा सदस्यबाट प्रवेश गरेका थिए। संस्थागत रुपमा धेरै योगदान दिएका छन।
३२५ पि अन्तरगत काठमाडौ, पाल्पा, बुटवल-नवलपरासि,कपिलवस्तु, भलबारी-भैरहवा, लुम्बिनीसम्म गरि पाच वटा क्षेत्रमा १ सय ८६ क्लबहरु छन। कुल ३०४ जना छन। १४ सदस्य भएको क्लबले एक भोटिङ राईट पाउछ भने त्यसपछि १० सदस्यमा थप भोटिङ राईट पाईन्छ।