© २०२३
बुटवल, ५ बैशाख – रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ भुपू सैनिक टोलमा ४५ बर्षिय विना कुमारी पुनले २७ बाई ७५ फुट फार्म बनाएकी छिन् । जाडो सिजनमा जाने जो कोहीले उनको यो फार्म (टनेल)मा च्याउ खेती भएको देख्न पाउँछन्, भने गर्मी समयमा भने कुखुरा हुर्कीरहेका हुन्छन् ।
उनलको यो फार्ममा अहिले कुखुरा हुर्कीरहेका छन् । अहिले गर्मीको सिजन भएको कारण उनले च्याउ खेती छाडेर कुखुरापालन गरिरहेकी हुन ।
बिना कुमारी पुनले ऐलानी जग्गामा यसरी व्यवसायिक रूपमा खेती गर्न लागेको १० बर्ष जति भएको छ । आफै फार्म व्यवस्थापन, चल्ला, कुखुरा व्यवस्थापन देखि लिएर च्याउको बजारीकरण समेत गर्दैै आएकी उनले एक दशकमा तिलोत्तमा नगरपालिकाकै उत्कृष्ट उद्यमीको रूपमा पुरस्कृत समेत भईन । दायित्व संस्थाले आयोजना गरेको खुल्ला प्रतिस्ष्प्रधात्मक उद्यमी प्रतियोगीता जित्दै १ लाख नगद पुरस्कार सहित उनले ‘उत्कृष्ट उद्यमीको प्रमाण पत्र समेत प्राप्त गरेकी छिन् । ’
उनी सिजन समात्ने उद्यमीको रूपमा समेत पहिचान बनाउँदै आएकी छिन् । कुन सिजनमा के को माग बढि हुन्छ, कुन सिजनमा खेती ग¥यो वा कुखुरा पालन गरियो भने नाफा कमाउन सकिन्छ ? भन्ने योजना बद्ध विकासमा उनले आफ्नो परिश्रम लगाउँदै आएकी छिन् । जसबाट नाफा समेत भएको छ ।
१० बर्ष पहिला विना कुमारी पुनलाई कारितास नेपाल नामक एक संस्थाले आईपीएम तालिम प्रदान ग¥यो । विषादी प्रयोग नगरि तरकारी खेती गर्ने जैविक विधिबाट खेती प्रणाली अपनाउने गरी उनले काम गर्दै आएकी थिईन ।
तालिममा सहभागी भएर उनी नियमित रूपमा च्याउ खेती गर्न सक्ने गरी परिपक्क भईन । गाउँमा कुखुरापालन, गर्दै आएकी उनले वि.सं. २०७८ सालदेखि ब्रोईलर कुखुरा, च्याउ खेती, बंगुरपालन लाई व्यवसायीकरण गरेकी गरेकी हुन् ।
तालिममा सिकेको सिपले उनलाई अहिले उद्यमी बनाएको छ । जाडोको सिजनमा उनले कुखुरापालन गर्न निर्माण गरिएको फार्ममा च्याउ खेती गर्दछिन् भने गर्मी समय लागेपछि कुखुरा पालन गर्दै आएकी छिन् । २७ फुट चौडाई ७५ फुट लम्बाई भएको फार्म उनले सिजनल रूपमा प्रयोग गर्दै आएकी हुन ।
एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यत्तीकै खाली छोड्नु भन्दा त्यसलाई सफा गरेर उनले च्याउ खेती गर्दै आएकी छु ।’– उनी भन्छिन् । जसबाट उनालई राम्रो आम्दानी समेत भएको छ । गत जाडोको सिजनमा कुल ४ लाख ६५ हजार रूपैयाँ लागतमा च्याउ खेती गरेकी पुनले त्यो सिजनबाट १२ लाख रूपैयाँ जती आम्दानी गर्न सफल भएको बताउँछन् ।
अहिले उनको बंगुर फार्म संगै, कुखुरा फार्म र बाहिर च्याउको टनले समेत निर्माण गरिकी छिन । फार्मबाट आउने आम्दानीबाट परिवारको आयश्रोत धानिएको उनको भनाई छ । हालसम्म फार्मको संरचना निर्माणमा उनले ३५ देखि ४० लाख रूपैयाँ लगानी गरेकी छिने । ऐलानी जग्गा भएको कारण पनि अन्य बैंकिङ्ग कारोबार वा धितो भन्दा पनि आम्दानीको रकमलाई सोही फार्ममा लगाएर नियमित आम्दानी गर्दै आएको उनको भनाई रहेको छ ।
उनको फार्ममा उत्पादनभ एको च्याउ रूपन्देही बाहेक अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लामा जाने गरेको उनको भनाइ छ । त्यस्तै बंगुर र कुखुरा भने रूपन्देहीमै बिक्री हुने गरेको छ । ‘सुरुमा केही भएन भनेर आत्तिने काम गरिनँ। मेहनत गरें । धैर्यता पनि राखें । एक दिन मेहनतको फल प्राप्ति हुन्छ भन्ने लागेको थियो,’ उनले भनिन् । उनले बंगुर फार्म सँगै, कुखुरा फार्म र बाहिर च्याउको टनेल समेत निर्माण गरेकी छन् । फार्मबाट आउने आम्दानीबाट परिवार राम्रोसँग चलेको उनको भनाइ छ । ‘यहीबाट मैले एउटा बाबु र नानीलाई बढाएकी छु । घर पनि बनाएकी छु। खुसी र सुखी छु,’ उनले भनिन् ।
तालिमबाट सिकेको सीपले उनलाई अहिले उद्यमी बनाएको छ । जाडोको सिजनमा उनले कुखुरा पालन गर्न निर्माण गरिएको फार्ममा च्याउ खेती गर्छिन् भने गर्मी समय लागेपछि कुखुरा पालन गर्दै आएकी छिन् । एउटै फार्मलाई उनले सिजनल रूपमा प्रयोग गर्दै आएकी हुन् ।
‘एक सिजनमा ६ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ । तीन महिनापछि फेरि कुखुरा राख्छु । कुखुरा पनि वार्षिक ५ हजार उत्पादन हुन्छन्,’ उनले भनिन् ।
एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यतीकै खाली छोड्नुभन्दा त्यसलाई सफा गरेर उनले कुखुरा पालन गर्दै आएकी हुन् । जसबाट उनलाई राम्रो आम्दानी भएको छ । तिलोत्तमाकै उत्कृष्ट उद्यमीको रूपमा पुरकृत भएपछि अझ बढि हौसला थपिएको उनको भनाई छ । कृषि, पशुपालन व्यवसायलाई अझ बढि व्यवस्थित, परिस्कृत गर्दै अगाडी लैजाने योजना बनाएको भन्दै उनले पुरस्कारको रकम कृषि क्षेत्रमा नै लगाउने बताउँछिन् । गाउँमा भएका अन्य दिदी बहिनीहरूलाई समेत सिजन अनुसारको तालिम, रोजगार समेत प्रदान र्दै आएको बताउदै उनले सोही अनुसारको योजना समेत बनाएको बताउँछिन् ।