ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भिटामिन ए क्याप्सुल भण्डारणमा स्वास्थ्य कार्यालयको गम्भीर लापरवाही

६ बैशाख २०८०, बुधबार
६ बैशाख २०८०, बुधबार

बाँके, ६ बैशाख ।

भिटामित ए क्याप्सुलको भण्डारणमा स्वास्थय कार्यालय बाँकेको गम्भीर लापरवाही पाइएको छ । भण्डारणमा भएको लापरवाहीले क्याप्सुलको रङमा परिवर्तन आएपछि अन्तिम समयमा बाँकेमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम नै स्थगीत गरिएको छ ।

म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको हो । वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो ।

२०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए आजदेखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केही दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयम्सेविकाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए । खबर आए लगत्तै निर्देशनालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संवेदनशील भ्याक्सिन नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा विपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए । खोपको म्याद पनि चालु महिना सम्म मात्र रहेकाले म्याद नाघेको पनि हुन सक्ने अनुमान उनले गरे ।

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजनम कुर्मीले वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएकोले नखुवाउन र सबै स्वास्थ्य कार्यलय बाँकेमा भन्डार गर्न आग्रह गरेका छन् । उनले ४० हजार पुरानो क्याप्सुल विभिन्न पालिकाहरुमा खुवाउने क्रम जारी रहेको र क्याप्सुलको रंगमा आएको परिवर्तनका कारण रोकिएका ठाउँहरुमा नयाँ ४० हजार क्याप्सुल पठाइसकिएको र ४ बजेसम्म सम्बन्धित ठाउँमा पुगिसक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?