© २०२३
कपिलवस्तु, ५ बैशाख
नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा कपिलवस्तुको छैठौं अबिधेशनबाट निर्वाचित शाखा समितिको पहिलो बैठकले आँखा अस्पतालको ओपिडी शुल्क घटाउने निर्णय गरेको छ ।
शाखा सभापति मनोज कुमार श्रीवास्तवको सभापतित्वमा सम्पन्न बैठकले संघले सञ्चालन गरेको तौलिहवा आँखा अस्पतालको हाल सम्मको ओपिडी शुल्क १ सय रहेकोमा सो शुल्क घटाएर ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले मिथुला उपाध्याय, मिठाईलाल हरिजन, खग प्रसाद चापागाई र कपिलवस्तु नगरपालिकाबाट प्रतिनिधिका रुपमा आएका भएका रुद्र बहादुर गैरे (प्रकाश गैरे) लाई सदस्य मनोनयन गरेको छ ।
त्यसैगरी समिति बैठकले पदाधिकारीहरुतर्फ उपसभापतिमा रामनिवास चौधरी, सचिवमा जनार्दन पराजुली, कोषाध्यक्षमा विरेन्द्र कुमार वर्मा, सहकोषाध्यक्षमा रिता मिश्रा र सहसचिवमा मुख्तार अहमद खाँलाई चयन गरेको छ । सो अवसरमा बोल्दै निवर्तमान सभापति रमेश शर्माले निर्वाचित समितिले सबै सँग सहकार्य गरी संघ र तौलिहवा आँखा अस्पतालको बिकासमा अगाडि बढ्नु पर्ने सुझाव दिए । नेत्र ज्योती संघ बिशुद्ध परोपकारी सामाजिक संस्था भएकाले परोपकारको भावनाका साथ सामाजिक कार्य गर्न तल्लिन रहने सभापति श्रीवास्तवले प्रतिबद्धता जनाए ।