© २०२३
मनु गुरुङ
बुटवल, ५ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं. १० मा मंगलबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । महिनाको चार दिन प्रत्येक हप्ता मगंलबारको दिन बुटवल ११ कालिकानगरमा रहेको चौराहा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु भएको हो ।
हस्पिटलका प्रवन्ध निर्देशक जनक केसीले अस्पताल र स्थानीय सरकारबीचको सम्बन्ध नङ र मासुको जस्तो भएको भन्दै सेव ागर्ने अवसर दिएकोमा वडा नम्बर १० लाई धन्यवाद दिए ।
यस्ता निःशुल्क स्वास्थ्य शिविर विगतका दिनहरुमा गुल्मी, अर्घाखाँची लगायत जिल्लाका ठाउँ ठाउँमा दिदै आएको उनले बताए । निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन मंगलबार ६५ जना हाड जोर्नीका बिरामीले निःशुल्क स्वास्थ्य जांच गराएका छन् । शिविरमा डा . सुनिल कुमार चौधरीले चेक जाँच गरेका थिए ।
महिनाको प्रत्येक हप्ता फरक फरक रोगको चेकजाँच हुनेछ । अब अर्को हप्ता फिजिसियन सम्बन्धी जाँच हुनेछ र यस्ता कार्यक्रमहरुले निम्न आयस्रोत भएका ब्यक्तिका लागि निकै महत्वपूर्ण रहने वडा नम्बर १० का कार्यवाहक वडाअध्यक्ष यमुना काउचाले बताइन् ।
शिविरमा स्थानीय जनताले निःशुल्क चेकजाँच गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए । वडा सचिव गणेश न्यौपानेले पनि मन्तव्य व्यक्त गरेको कार्यक्रममा बिभिन्न स्वास्थ्यकर्मी, सल्लाहकार, समाजसेवीलगायतको सहभागिता रहेको थियो । अस्पतालले प्रत्येक हप्ताको बिहीबार मधुमेह चेकजाँच र टिकट शुल्क फ्रि गरेको जनाएको छ ।