© २०२३
बुटवल, २ बैशाख ।
बल्कोट अर्घाखाँची–रुपन्देही सम्पर्क समाज, रुपन्देहीले नव वर्ष वि।सं। २०८० को शुभ अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्य सम्पन्न भएको छ ।
कार्यक्रमका आफ्नो मन्तव्य राख्दै कान्ति माध्यमिक माद्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले आफ्नो पेसा व्यवसायका शिलशिलामा अर्घाखाँची बल्कोटबाट रुपन्देहीका विभिन्न स्थानमा बसोबास गर्दैै आउनु भएका व्यक्तित्वहरुको संयुक्त प्रयासबाट स्थापना भएको यस समाजले आफ्नो जन्मभुमी प्रतिको दायित्व पुरा गर्नमा निरन्तर लाग्नको लागि अनुरोध गरेका थिए । फरक प्रसङ्गमा उनले कान्ति माध्यमिक विद्यालयमा अर्घाखाँचीका विभिन्न स्थलबाट अध्ययन अध्यापन गर्न आउनेहरुको सङ्ख्या अत्यधिक रहेकोले पनि कान्ति मावि र कान्ति माध्यमिक बीच भगिनी सम्बन्ध रहेकोले आगामी दिनहरुमा पनि यस सम्बन्धलाई निरन्तरता दिने कुरामा यो समाजले सहयोग पु¥याउनेमा विद्यालय विश्वस्त रहेको बताए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिपक पन्थीले शुभकामना मन्तव्य राख्दै समाज स्थापना जुन उद्देश्यका साथ गरिएको हो । त्यसमा कत्ति पनि विचलन नभई आगामी कार्यतालिका निर्माण गर्नको लागि सुझाव दिएका थिए । साथै उनले पवित्र मानव सेवामा तल्लिन हुने लक्ष्यमा राजनैतिक हस्तक्षेपको सिकार हुन नहुने धारणा राखे । कार्यक्रममा समाजका सल्लाहकार संयोजक समाजसेवी नवराज श्रेष्ठले शुभकामना मन्तव्य राख्दै ग्रामीण क्षेत्रबाट रुपन्देहीमा बसाइ सराइको दर तीव्र गतिमा बढ्दै गएकोले अब हामीहरुले आफ्नो जन्मभूमिमा शिक्षा, स्वास्थ्यका विशेष कार्यक्रमहरु गाउँ गाउँ जाने परिस्थिति समेत निर्माण गर्ने जिम्मेवारी आफुहरुमा रहेको बताए ।
कार्यक्रममा बोल्दै आर्थिक अनुसन्धान केन्द्र नेपालमा अध्यक्ष हुमराज भुसालले समाजका गतिविधिहरु समाजका सम्पूर्ण सदस्यहरुको सामाजिक आर्थिक रुपान्तरणमा केन्द्रित गर्दै समतामूलक सामाजिक न्यायमा आधारित मानविय समाज निर्माणमा लाग्ने हुनु पर्नेमा जोड दिनु भएको थियो ।
समाजको विविध गतिविधिलाई संस्थागत गराउने उद्देश्यले संस्थाको कार्यक्रमलाई प्रचार प्रसार गराउने यो भित्तेपत्रिका महत्वपूर्ण हुने विश्वास कार्यक्रमका संयोजक रमेश पाण्डेले गरेका थिए ।
समाजका अध्यक्ष तथा प्राज्ञिक व्यक्तित्व मोहन भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विस्नु प्रसाद पौडेल, समाजसेवी तथा युवा उद्यमी सचिव धुव्र सापकोटा लगायतले पनि बोलेका थिए ।