ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

नेपाली पत्रकारितामा घुसपैठ बढ्दै गएको हुँदा सचेत आग्रह

२ बैशाख २०८०, शनिबार
२ बैशाख २०८०, शनिबार

दाङ, २ वैशाख ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले नेपाली पत्रकारितामा घुसपैठ बढ्दै गएको हुँदा सचेत हुन आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार घोराही १३ बाह्रकुने दहमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष जिएमले यस्तो धारणा राखेका हुन् । हिजोका दिनमा हुने आन्दोलनमा विभिन्न शक्ति केन्द्रहरुको घुसपैठ भएजस्तै अहिले नेपाली मिडियामा विभिन्न नाममा अराजक तत्वको घुसपैठ बढेको बताए ।

उनले नेपाली पत्रकारितालाई मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउने क्रममा मिडियामाथिको विश्वसनीयता कमजोर बनाउन पत्रकारितामा मण्डले प्रवृति हावी हुँदै गएको होकी भन्ने अवस्था सिर्जना भएको हुँदा सिंगो संचारमाध्यम यस विषयमा गम्भीर हुन जरुरी रहेको बताए ।

पत्रकारिताको मूल्य, सिद्धान्त बचाउन तथा मिडिया क्षेत्र विकृत हुनबाट जोगाउन व्यावसायिक पत्रकारितामा निष्ठाको पत्रकारिता आवश्यक रहेको जिकिर गरे । उनले पछिल्लो समय महासंघ पत्रकारहरुको पहिचान बनाउने गरी अघि बढेको जानकारी गराउँदै संचारसम्बन्धी कानुनका विषयमा गम्भीर रुपमा अध्ययन अघि बढेको उल्लेख गरे । सञ्चार क्षेत्रमा भएका कानुनको पुनरावलोकन गर्ने, भए गरेका समस्याहरुको पहिचान गरी समाधानको उपाय निकाल्न अध्ययन समिति गठन भईरहेको जानकारी गराए । अहिले मिडिया काउन्सिल विधेयक शुन्यमा झरेको अवस्थामा मिडिया सम्बन्धी कानुन र विषय अघि बढाउन सरकारले सरोकारवालासँग समन्वय गरेर अघि बढेको हुँदा चाँडै नै यसले समग्र मिडिया क्षेत्रको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

पत्रकार सुदृढीकरण अभियानलाई अघि बढाउन प्रदेश र जिल्ला तहमा पनि छलफल जारी रहेको हुँदा पत्रकारितामा मूल्यहीनता, विचलन, संवेदनशीलता बलियो बनाउँदै जवाफदेही तथा सन्तुलित पत्रकारितामा लाग्न अपिल गरे ।
कार्यत्र mममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले मिडिया क्षेत्रमा विकृति विसंगति बढ्दै गएको हुँदा यसको नियमन हुन आवश्यक रहेको बताए । प्रेस काउन्सिलले मिडिया अनुगमन गर्ने र आचारसंहिता पालनामा भूमिका खेल्दै आएको जानकारी गराउँदै डिजिटल मिडियाका नाममा जथाभावी खुलेका मिडियाहरुका कारण पनि समग्र नेपाली मिडियाको अवस्थाका बारेमा प्रश्न उठ्ने गरेको बताए ।

सो अवसरमा, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुशील गौतम, केबी मसाल, सुदीप गौतम, निवर्तमान अध्यक्ष सविन प्रियासन, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाललगायतले अबको पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन सबैले गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए । अबको पत्रकारिता दिगो शान्ति, स्थिरता र विकासका पक्षमा केन्द्रित हुनुपर्नेमा उनीहरुको जोड थियो । महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष बसुन्धरा गौतम, सचिव आरके शीतललगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?