© २०२३
बुटवल, ३० चैत ।
कान्ति माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थीको आयोजनामा कक्षा १२ को वोर्ड परीक्षामा सहभागी हँुदै गरेका विद्यार्थीलाई शुभेच्छा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले वोर्ड परीक्षामा सबै विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्ति गर्नेमा बुटवल उपमहानगरपालिका विश्वस्त रहेको बताए । उनले कान्ति माध्यमिक विद्यालय देशको नमुना विद्यालय रहेकाले आगामी दिनमा पनि त्यो पहिचानलाई निरन्तरताको लागि सरोकारवालाका बीचमा सहकार्य रहनु पर्ने बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले राष्ट्रिय भर्ना अभियान २०८० लाई सफल पार्नको लागि अनुरोध गरे । कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्माले विद्यालयको भौतिक पूर्वाधारको अवस्था गुणस्तरीय रहेको र अब प्राविधिक विषयमा अगाडि बढ्ने बताए ।
प्राचार्य गोविन्द ज्ञवालीले सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सफलताको कामना गर्दै जिवनमा अनुशासन , निरन्तर अभ्यास र समाजप्रति आफ्नो जिम्मेवारी बोध गर्न अनुरोध गरेका थिए । कार्यक्रममा सह प्राचार्य पूर्णभद्र उपाध्याय, कक्षा ११ र १२ विज्ञान समुहका संयोजक मोहन भट्टराई, शिक्षक लीलाधर पाण्डे, व्यवस्थापन समिति सदस्य कृष्ण अर्याल लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता कक्षा ११ की विद्यार्थी कृतिका खनालले गरेकी थिइन् भने कण्डेल, रिया आचार्य र अन्जना बिकले पनि मन्तव्य व्यक्त गरेका थिए ।